मन्दिरमा किस गरिएको भन्दै ‘अ स्वीटेबल बोय’ सिरिजमाथि मुद्दा दायर

मन्दिरमा किस गरिएको भन्दै ‘अ स्वीटेबल बोय’ सिरिजमाथि मुद्दा दायर

सञ्चार बाणी

@SancharBani

२०७७ मङ्सिर १० गते बुधबार ०७:५७

नेटफ्लिक्सको सिरिज ‘अ स्वीटेबल बोय’माथि हिन्दू धार्मिक भावनामाथि चो ट पुर्‍याएको भन्दै मुद्दा दायर भएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राका अनुसार भारतीय जनता पार्टीका युवा नेता गौरव तिवारीले मुद्दा दायर गरेका थिए...

नेटफ्लिक्सको सिरिज ‘अ स्वीटेबल बोय’माथि हिन्दू धार्मिक भावनामाथि चो ट पुर्‍याएको भन्दै मुद्दा दायर भएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राका अनुसार भारतीय जनता पार्टीका युवा नेता गौरव तिवारीले मुद्दा दायर गरेका थिए । फिल्म ‘अ स्वीटेबल बोय’मा मुस्लिम युवक र मुस्लिम युवतीबीच एउटा हिन्दू मन्दिर अगाडि चुम्बन गरिरहेको दृश्य छ । सोही दृश्यलाई लिएर भारतमा हिन्दू कट्टरपन्थीहरुले आ’पत्ति जनाएका छन् ।

मिश्राले उक्त फिल्म विरुद्ध कदम चाल्न प्रहरीसमक्ष आग्रह गरेका छन् । मिश्राले संविधानको सेक्सन २९५ ए अनुसार मोनिका शेरगिल र अम्बिका खुरानाविरुद्ध मुद्दा दायर गरिएको हो । शेरगिल नेटफ्लिक्स इन्डियाकाकी उपप्रमुख हुन् भने खुराना स्ट्रिमिङ साइटको निर्देशक हुन् ।

तिवारीले आफ्नो आरोपमा शिवलिंगको पृष्ठभुमिमा थुप्रै ‘किस’ का दृश्य सिरिजमा राखिएकोमा आपत्ति जनाएका छन् । र त्यस्ता दृश्यले हिन्दू धर्मावलम्वीको भावनामा चो’ट पुगेको उनको दावी छ ।

फिल्मको लोकेसन नर्मदा नदी किनारको महेश्वर मन्दिर भएको भएको पनि आरोपमा दावी गरिएको छ । साथै हिन्दू युवती र मुस्लिम युवकबीचको चुम्बनमा पनि हिन्दू युवा तिवारीले आपत्ति जनाएका छन् ।

त्यसलाई उनले प्रेम जिहादको रुपमा अथ्र्याउँदै सरकारले यस्ता गतिविधिविरद्ध कडा कानुन ल्याएको स्मरण गराएका छन् । फिल्मको उक्त दृश्य २०१९ को डिसेम्बरमा खारगाउँ जिल्लास्थित महेश्वर मन्दिरमा छायाँकन गरिएको बताइएको छ । ‘अ स्वीटेबल बोय’ विक्रम सेठको चर्चित उपन्यासमा आधारित सिरिज हो । जसलाई विश्वचर्चित फिल्मकर्मी मिरा नायरले निर्देशन गरेकी छन् । ६ भागमा प्रस्तुत उक्त सिरिज अक्टोबर २३ मा रिलिज भएको थियो ।

प्रकाशित मिति २०७७ मङ्सिर १० गते बुधबार ०७:५७
प्रतिक्रिया दिनुहोस