प्रधानमन्त्री ओली : साउन १ देखि वृद्धभत्ता बढ्छ

प्रधानमन्त्री ओली : साउन १ देखि वृद्धभत्ता बढ्छ

सञ्चार बाणी

@SancharBani

२०७७ चैत १७ गते मङ्गलबार ११:२१

१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा...

१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

१७ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार १४० जनाको नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७७ हजार १४७ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा प्राप्त भएको मृत्यु संख्या ३ र पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ ।

प्रकाशित मिति २०७७ चैत १७ गते मङ्गलबार ११:२१
प्रतिक्रिया दिनुहोस