काठमाडौं । भारतीय चर्चित अभिनेता सोनु सुदको परिचय सहयोगी अभिनेताका रुपमा बढ्दो छ । कहिले बेरोजगारलाई जागिर, कृषकलाई ट्रयाक्टर, बेसहारालाई सहारा दिएर आफ्नो सहयोगी पना दे्खाएका सोनुका फ्यानहरु बढ्ने क्रममा छन् । उनका फ्यानहरु रात दुई गुणा दिन चारगुणाले बढीरहेका बेला फ्यानले उनको पूजाआजा गरेको एउटा भिडियो भाइरल बनेको छ ।
जसमा एक व्यक्तिले देवताको तस्विरका साथ अभिनेता सुदको तस्बिर समेत राखेर पूजा गरिरहेको देख्न सकिन्छ । भिडियोमा सोमनाथ श्रीवास्तब नाम भएका ती व्यक्तिले सुदको फोटोका साथ देवताको फोटो राखेर पूजा गरेका छन् । उक्त भिडियो अभिनेता सुदलाई समेत सोमनाथले ट्याग गरेका छन् ।
सोनुले भने उक्त ट्यागमा प्रतिक्रिया दिँदै आफ्नो स्थान भगवानसँग नभएको बताएका छन् । मेरा लागि तपाईको दिल नै काफी छ । दिनदुखीका लागि दिलदेखि सहयोग गर्ने सोनुलाई भगवान् ठानेर पूजा गरेको उक्त भिडियो अहिले भाइरल बनिरहेको छ ।
https://t.co/mB7K8PfVNl
प्रकाशित मिति २०७७ मङ्सिर २ गते मङ्गलबार ०२:१७