काठमाडौँ । सामाजिक सञ्जालहरूमा बालबालिकाहरूको न्यूड तस्बिर पठाउन र प्राप्त गर्न रोक लगाइने भएको छ । सामाजिक कम्पनी फेसबुकको मातृ कम्पनी मेटाले छिटै फेसबुक, इन्ष्टाग्राम र ह्वाट्सएपमा छिटै सेफ्टी दूट ल्याउँदै छ ।
यो टूलले बालबालिकाहरूको नग्न तस्बिर पठाउन रोक लगाउनेछ । इन्क्रिप्टेड च्याटमा समेत यस्तो कार्य प्रतिबन्धित हुनेछ । यो टूल वैकल्पिक हुन सक्ने बताइएको छ । यो टूल इन्ष्टाग्राम र फेसबुकमा वयस्कहरूका लागि पनि उपलब्ध हुन सक्ने बताइएको छ । मेटाले इन्क्रिप्टेड म्यासेञ्जरलाई डिफल्टमा राखिदिएको छ । कम्पनीको यो निर्णयको निकै आलोचना भएको थियो ।
इन्क्रिप्शनकै कारण कम्पनीले बालबालिकाहरु दूर्व्यवहारमा परेको घटनाहरू पत्ता लगाउन नसकेको मेटाको भनाई थियो । मेटाका अनुसार कम्पनीको यो फिचर महिला र १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई यौन दूर्व्यवहारबाट बचाउनका लागि ल्याइएको हो ।
प्रकाशित मिति २०८० माघ १४ गते आईतबार ०५:३७