ओली र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच कुटाकुट

ओली र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच कुटाकुट

सञ्चार बाणी

@SancharBani

२०७७ फाल्गुण ४ गते मङ्गलबार ०९:५७

४ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप भएको हो । झडपमा...

४ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप भएको हो ।

झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएका छन् । कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू सभापति टपेन्द्र शाहीले बताए । कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको उनले बताए ।

प्रकाशित मिति २०७७ फाल्गुण ४ गते मङ्गलबार ०९:५७
प्रतिक्रिया दिनुहोस