काठमाडौं।मिस्टर नेपाल–२०१९ का विजेता डा. सन्तोष उपाध्याय मिस्टर सुप्रान्यासनलको सुप्रास्टार सर्चको फिनालेमा पुग्न सफल हुनुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा रहनुभएको उपाध्याय ३७ देशका प्रतियोगीसँग प्रतिस्पर्धा गर्दै टप ३ सम्म पुग्न सफल हुनुभएको छ । सुप्रास्टार सर्चको विजेता बन्न अब डा. उपाध्यायलाई २ जना प्रतियोगीलाई पछाडी पार्नुपर्ने छ।

डिजिटल राउण्डको अन्तिम ३ जनामा उहाँसँगै नर्थ मेसिडोनिया र हाइटीका प्रतियोगी रहेका छन् । अनलाइन भोटिङ मार्फत छानिने यस प्रतियोगितामा निर्णायकहरुले ४० प्रतिशत र भोट मार्फत ६० प्रतिशत निर्णय हुनेछ । भोलीसम्म मात्रै भोट गर्न पाइने हुँदा प्रतियोगितामा भोटमार्फत नेपाललाई अगाडी बढाउन आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो,‘नेपाललाई अगाडी बढानुस्, तपाईहरु सबैको भोटले मलाई मात्र होइन देशलाई चिनाउँछ ।’ भोट गर्नका लागि यो लिंकमा क्लिक गरी फोटोमा भएको स्टारमा क्लिक गर्नुपर्दछ । स्टर सुप्रान्यासनल आउँदो अगष्ट पोल्यान्डमा हुनेछ ।

यो पुरुषहहरुको सबै भन्दा महँगो र फ्यान्सी प्याजेन्ट भएकाले सबै देशहरुसँग यसको फ्रान्चाइज छैन, तर यो वर्ष फ्रान्चाइज नभएका राष्ट्रहरुको पनि संलग्नता होस् भनेर सुप्रान्यासनलले सुप्रास्टार सर्च भर्चुअल प्रतियोगिता गरेको हो । यो प्रतियोगताका विजेताले फेरी मिस्टर सुप्रान्यासनल प्रतियोगितामा आफ्नो देशलाई प्रतिनिधित्व गर्नेछन्।
आज साँझ सम्म भोटिङ लाईन रहेको हुनाले सबै ठाउँमा रहनु भएका नेपाली मनहरुलाई भोट गर्दै सक्दो शेयर गरि नेपालको सान बढाउनको निम्ति हार्दिक अपिल गर्दछौं ।हेरौं मिस्टर सन्तोष उपाध्यायका केहीँ तस्बीरहरु:


प्रकाशित मिति २०७७ फाल्गुण ३ गते सोमबार ०७:१०