राप्रपा नेत्री एवं अभिनेत्री रेखा थापा अमेरिका प्रस्थान गरेकी छिन् । अमेरिकामा सन्तान जन्माउने योजनासहित उनी पति बलराम शाहीसहित शुक्रबार अमेरिका पुगेकी हुन् ।
शनिबार अमेरिकाबाटै रेखाले श्रीमान बलरामको जन्मदिन मनाएको तस्बिर सार्वजनिक गरेकी छिन् । अमेरिकामा ‘बेबी प्लान’ आफ्नो भन्दा पनि श्रीमानको चाहना रहेको रेखाको दाबी छ ।

बुधबार राति अमेरिका उडेका रेखादम्पतीले सोही दिन ‘प्रेगनेन्सी फोटोसुट’ गरेका थिए । रेखाका श्रीमानको परिवार अमेरिका बस्दै आएको छ ।
रेखाले आगामी माघमा बच्चालाई जन्म दिँदै छिन् । अमेरिकामा बच्चा जन्माएर नेपाल फर्किएपछि नेपाल फिल्म र टेलिभिजन रियालिटी सोमा काम गर्ने याजना रहेको रेखाले बताएकी छिन् ।
प्रकाशित मिति २०८० मङ्सिर २३ गते शनिवार ११:३१