यीनै हुन् पारस शाहको निबासमा गएर चोरी गर्ने युवा

यीनै हुन् पारस शाहको निबासमा गएर चोरी गर्ने युवा

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २१ गते बिहिबार १२:४०

पूर्व युवराज पारस शाह धेरैपछि निर्मल निवास पुगेका छन्। आफ्नी श्रीमती हिमानी राज्यलक्ष्मीको जन्मदिनको अवसर पारेर उनी निर्मल निवास पुगेका हुन्। श्रीमती पूर्वयुवराज्ञी हिमानी शाहको ४५ औं जन्मोत्सवका अवसरमा पारस शुभकामना दिन निर्मल...

पूर्व युवराज पारस शाह धेरैपछि निर्मल निवास पुगेका छन्। आफ्नी श्रीमती हिमानी राज्यलक्ष्मीको जन्मदिनको अवसर पारेर उनी निर्मल निवास पुगेका हुन्। श्रीमती पूर्वयुवराज्ञी हिमानी शाहको ४५ औं जन्मोत्सवका अवसरमा पारस शुभकामना दिन निर्मल निवास पुगेका हुन्। स्रोतका अनुसार हिमानी निर्मल निवासमा हुँदा पारसलाई प्रवेश निषेध थियो।

तर जन्मोत्सवका क्रममा परिवारका सदस्यसँगै पारस पनि देखा परेका हुन्। यससँगै दशकयता बिग्रिएको दम्पत्तीको सम्बन्धमा सुधार आएको बुझिएको छ। हिमानीले पूर्वराजारानी ज्ञानेन्द्र शाह र कोमलसँगै छोरा हृदयेन्द्र र पति पारससँग जन्मोत्सव मनाएकी थिइन्।

पूर्व युवराज पारस शाहको घरमा चोरी भएको छ । उनले पोखरा महानगरपालिका–६ लेकसाइड स्थित बुलौदीमा भाडामा लिएको घरमा सोमबार चोरी भएको हो । उनी विगत केही समयदेखि पोखरामा भाडामा घर लिएर बस्दै आएका थिए । पोखरामा चोरी गरेर भागेका ती व्यक्तिलाई काठमाण्डुमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमान्डौका प्रमुख, एसएसपी अशोक सिंहले बताए ।

चोरीमा संलग्न बारा जिल्ला घर भइ शाहकै निवासमा काम गर्दै आएका २५ वर्षीय कामदार शुभ गौतम रहेको प्रहरीले जनाएको छ । गौतमलाई काठमान्डौ महानगरपालिका–२६ मित्रनगर स्थित न्यु राप्ती गेस्टहाउसबाट चोरीका सामानसहित पक्राउ गरिएको हो ।

प्रहरीले गौतमको साथबाट चोरी भएका २ थान आई प्याड, २ थान दूरबिन, क्यामेरा र मोबाइल बरामद गरेको थियो । उक्त सामान प्रहरीले पूर्व युवराज शाहलाई फिर्ता गरिसकेको छ । गौतममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ असोज २१ गते बिहिबार १२:४०
प्रतिक्रिया दिनुहोस