काठमाडौ । सामाजिक सञ्जालका माध्यमवाट पुरुषहरुलाई ठ गी गर्ने दुई युवती प’क्राउ परेका छन् । पुरुषलाई जालमा पारेर लु’टपाट गरेको आ’रोपमा प्रहरीले दुईजना युवतीलाई गोंगबुबाट प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएकी युनिसा मगर उर्फ उर्मिला र सुनिता तामाङ उर्फ रोशनी छन् । युनिसा र सुनिताले फेसवुकमा युवाहरुलाई साथी बनाएर ठ’गी गरेको खुलेको छ ।
उनीहरुले दोलखा घर भएका एकजना पुरुषको साढे ३ तोलाको सिक्री लगेका छन् । युवकले दिएको उ’जुरीका आधारमा उनीहरुलाई प’क्राउ गरीएको महानगरीय महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।
३ महिनाअघि बौद्ध बस्ने ती पुरुषलाई काभ्रेको नमोबुद्ध घर भएकी सुनिता तामाङले फेसवुकमा रिक्वेष्ट पठाउँछिन् । उनीहरुबीच कुराकानी हुन्छ । त्यसपछि उनीहरुको मित्रता अघि बढ्छ । युनिसा उनकी साथी हुन् । केही दिनअघि उनीहरुले ति पुरुषलाई फोन गरेर उनलाई एयरपोर्टमा भेट्न बोलाए । ट्याक्सि चढाएर चापागाउँ बसपार्क सँगै रहेको होटलमा लगेर राखे ।
युनिसा मगरले ‘टिकटक बनाउँछु’ भनेर पुरुषको सुनको सिक्री मागेर हिडिन् । युनिशा भागेपछि सुनिता पनि उनलाई छाडेर हिँडिन् । फोन गरेर सिक्री माग्दा ‘हामीसँग भिडियो छ, पुलिसकहाँ गएमा तँलाई उल्टै फसाउँछौं’ भने पछि आफु ठ’गीमा परेको उनले थाहा पाए ।
भिडियो देखाउँछौं भनेर उनीहरुले सिक्री लगेको भोलिपल्ट १ लाख ६३ हजारमा उनीहरुले टिकाथलीमा रहेको सुन पसलमा बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रकाशित मिति २०७८ असोज २१ गते बिहिबार १२:१०