काठमाडौं । काठमाडौंमै महिलाहरु नै युवतीलाई धन्दामा लगाउने काममा सकृय भएको खुलेको छ । काठमाडौको मुलपानीबाट युवतीहरुलाई धन्दामा लगाइएको पाइएको हो ।
त्यसरी जब र जस्ती धन्दामा लगाइएका ५ जना किशोरीलाई केन्द्रीय अनुसन्धान ब्यू’रोले माइती नेपालसँगको समन्वयमा उद्दार गरेको छ । सोमबार किशोरीहरुलाई उद्दार गरिएको माइती नेपालका उप–निर्देशक अच्युत नेपालले जानकारी दिए ।
धन्दा चलाएको आ’रोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएकी सीता बुढाथोकीलाई प’क्राउ गरेको छ । बुढाथोकीले मुलपानीको तिवारी टोलमा रहेको आफ्नै घरमा १५ देखी १७ वर्षका किशोरीहरुलाई ग्राहक बोलाएर सम्पर्क गर्न लगाउने गरेको खुलेको छ ।
युवती र किशोरीलाई उनीहरुको इच्छा विपरित काम गर्न बाध्य बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । किशोरीहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ । फाइल तस्बिर
प्रकाशित मिति २०७८ असोज १९ गते मङ्गलबार ०३:४४