शाहरुखका छोरा आर्यनसँगै पक्राउ परेकी मुनमुन को हुन् ?

शाहरुखका छोरा आर्यनसँगै पक्राउ परेकी मुनमुन को हुन्  ?

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १९ गते मङ्गलबार १०:४१

काठमाडौं। आइतबार क्रु’जमा भएको पार्टीको केसमा नारकोटिक्स क’न्ट्रोल ब्युरो (एनसीबी)ले शाहरुख खानका छोरा आर्यन खानसँगै अरबाज मर्चेन्ट र मुनमुन धमेचा नामका अन्य २ जनालाई पनि गि’रफ्तार गरेको छ । अरबाज र मुनमुनको साथबाट पनि ब’रा’मद...

काठमाडौं। आइतबार क्रु’जमा भएको पार्टीको केसमा नारकोटिक्स क’न्ट्रोल ब्युरो (एनसीबी)ले शाहरुख खानका छोरा आर्यन खानसँगै अरबाज मर्चेन्ट र मुनमुन धमेचा नामका अन्य २ जनालाई पनि गि’रफ्तार गरेको छ । अरबाज र मुनमुनको साथबाट पनि ब’रा’मद भएको थियो ।

यी तीनैजनालाई अदालतले १ दिन हिरासतमा राख्न आदेश दिएको थियो । आर्यन खानलाई शाहरुख खानका छोराको रुपमा धेरैले चिन्छन् तर मुनमुन को हुन् भन्ने विषयमा धेरैको चासो बढेको छ ।

मुनमुन दिल्लीकी मोडल हुन् । खासमा मुनमुनको घर मध्य प्रदेशको सागर जिल्लाको तहसिलीमा हो । अहिले त्यो घरमा कोही बस्दैनन् । मुनमुनकी आमाको गत वर्ष निधन भएको थियो । उनका पिताको पहिले नै निधन भइसकेको थियो । मुनमुनका एक भाइ पनि छन् जसको नाम प्रिन्स हो । प्रिन्स दिल्लीमा काम गर्छन् । मुनमुनले स्कुलको पढाइ मध्यप्रदेशको सागरमै पूरा गरेकी हुन् । पछि मुनमुन भोपालमा रहिन् र करिब ६ वर्ष पहिले भाइ प्रिन्सको साथमा दिल्ली गएकी हुन् ।

मुनमुन एक मोडल हुन् । उनले र्याम्प वाक गर्दै गर्दाका कैयौं तस्वीर पनि इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । मुनमुनलाई पार्टीको पनि सोख छ । उनले पार्टी गर्दै गर्दाका कैयौं तस्वीर पनि शेयर गरेकी छिन् । उनको साथमा उनका साथीहरुका साथै केही बलिउड स्टारहरु पनि देखिन्छन् ।

मुनमुनले केही शो र विज्ञापनमा काम गरेकी छिन् । उनले सुटिङ स्टुडियो र फोटोसुटका तस्वीर पनि शेयर गरेकी छिन् । मुनमुनलाई यसैकोआरोपमा केस दर्ता गरिएको छ ।

प्रकाशित मिति २०७८ असोज १९ गते मङ्गलबार १०:४१
प्रतिक्रिया दिनुहोस