सामान्यतया हरियो तरकारी स्वास्थ्यका लागि लाभदायक मानिन्छ । जसमा हरियो भिण्डी समेत गर्छ । भिण्डी हरियो मात्रै नभई रातो भिण्डी समेत स्वास्थ्यका लागि उत्तिकै लाभदायक रहेको दाबी गरिएको छ ।
भारतको उत्तरप्रदेश वाराणसीस्थित भारतीय सब्जी अनुसन्धान संस्थानले बनाएको रातो भिण्डी अर्थात् ‘काशी लालिमा’मा पौष्टिकता हरियोभन्दा बढी रहेको भारतीय सञ्चारमाध्यमको दाबी छ । संस्थानले बिउ पत्ता लगाएपछि हाल मध्यप्रदेश, गुजरात, महाराष्ट्र, छत्तिसगढमा रातो भिण्डीको खेती भइरहेको छ ।

रातो भिण्डीमा एन्थोसाइनिनको मात्रा हुन्छ र आयरन, क्याल्सियम र जिंक पनि हरियो भिण्डीभन्दा बढी पाइन्छ । सामान्य भिण्डीभन्दा रातोमा बढी पोषक तत्व पाइने र बढी स्वस्थवद्र्धक रहेको छ ।
रातो भिण्डी गर्भवती महिलाका लागि बढी लाभदायक रहेको बताइन्छ । गर्भवतीको शरीरमा फोलिक अम्लको कमीका कारण बच्चाको मानसिक विकास नहुने समस्यामा रातो भिण्डी लाभदायक हुन्छ । रातो भिण्डीमा फोलिक अम्ल पाइन्छ । रातो भिण्डीले मुटु सम्बन्धी समस्या, डायबिटिज र मोटोपनालाई समेत नियन्त्रण गर्छ ।
प्रकाशित मिति २०७८ असोज १९ गते मङ्गलबार ०३:४१