आमा बनिन् नेहा धुपिया

आमा बनिन् नेहा धुपिया

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १८ गते सोमबार ०९:३४

बलिउड अभिनेत्री आमा नेहा धुपिया आमा बनेकी छन्। उनले आइतबार छोरालाई जन्म दिएको उनका श्रीमान् तथा अभिनेता अंगद वेदीले जानकारी दिएका हुन्। तीन वर्षअघि पहिलो पटक छोरीकी आमा बनेकी नेहा र अंगदको यो दोस्रो सन्तान हो। द इन्डियन एक्सप्रेसका...

बलिउड अभिनेत्री आमा नेहा धुपिया आमा बनेकी छन्। उनले आइतबार छोरालाई जन्म दिएको उनका श्रीमान् तथा अभिनेता अंगद वेदीले जानकारी दिएका हुन्।

तीन वर्षअघि पहिलो पटक छोरीकी आमा बनेकी नेहा र अंगदको यो दोस्रो सन्तान हो। द इन्डियन एक्सप्रेसका अनुसार अंगदले सामाजिक सञ्जालमार्फत् खुसी साट्दै लेखेका छन्, ‘भगवानको कृपाले हामी छोराको अभिभावक बनेका छौं। बच्चा र नेहा दुबै पूर्णरुपमा स्वस्थ छन्।’

भगवानको कृपा रहोस् भन्दै उनले श्रीमती नेहालाई धेरै-धेरै धन्यवाद दिँदै उनले लेखेका छन्, ‘अब हामी चार जना मिलेर यो यात्रा स्मरणीय बनाउनु पर्छ।’

नेहा र अंगदले विवाह गरेका हुन्। मोडलिङ हुँदै बलिउड पुगेकी नेहाले जुली, शीशा, कयामतलगायत दर्जनौं फिल्ममा अभिनय गरेकी छन्। अंगद चर्चित फिल्म ‘गुन्जन सक्सेना’मा देखिएका थिए। नेहा चाँडै ‘सनक’ मा विद्युत जामवालसँग देखिने छिन्।

प्रकाशित मिति २०७८ असोज १८ गते सोमबार ०९:३४
प्रतिक्रिया दिनुहोस