बलिउडका यी ३ अभिनेत्री, जाे शाहरुख खानलाई फिटिक्कै मन पराउदैनन्

बलिउडका यी ३ अभिनेत्री, जाे शाहरुख खानलाई फिटिक्कै मन पराउदैनन्

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १७ गते आईतबार ०२:५३

बलिउडको बादशाह भनिने अभिनेता शाहरुख खानलाई बलिउड उद्योगको राजा भन्ने गरिन्छ। बलिउडका हरेक नयाँ तथा पुराना अभिनेत्रीहरु शाहरुखसंग काम गर्न पाउनुमा आफु सौभाग्यशालि भएको ठान्दछन साथै लाखौ महिला फ्यानहरु यस्ता छन जो शाहरुखको सपना...

बलिउडको बादशाह भनिने अभिनेता शाहरुख खानलाई बलिउड उद्योगको राजा भन्ने गरिन्छ। बलिउडका हरेक नयाँ तथा पुराना अभिनेत्रीहरु शाहरुखसंग काम गर्न पाउनुमा आफु सौभाग्यशालि भएको ठान्दछन साथै लाखौ महिला फ्यानहरु यस्ता छन जो शाहरुखको सपना देख्न समेत पछि पर्दैनन।

अभिनेत्रीका साथै अभिनेताहरु पनि उनका साथमा काम गर्न म’रिहत्ते नै गर्छन। तर बलिउडमा नै यस्ता अभिनेत्रीहरु पनि छन जो शाहरुखका साथमा कुनै पनि चलचित्रमा काम गर्न चाहदैनन र मन पनि पराउदैनन, आउनुहोस हेर्नुहोस ति अभिनेत्रीहरु कोको हुन् त जो शहरुखसंग काम गर्ने चाहदैनन।

अमीषा पटेल :-

चलचित्र ‘कहो न प्यार है’ मार्फत बलिउड डेब्यु गरेकी अभिनेत्री अमिषा पटेल पहिलो चलचित्र मार्फत नै दर्शकमाझ नोटिस हुन पुगिन। १८ बर्षे आफ्नो फिल्मी करियरमा उनले केहि ब्लकबस्टर चलचित्रहरुमा समेत काम गरेकी छिन। तर यतिका वर्ष चलचित्र क्षेत्रमा सक्रिय भईकन पनि अमिषाले शाहरुख खानका साथमा काम गरेकी छैनन्। उनले शाहरुख र आफ्नो जोडी पर्दामा नसुहाउने भएकाले आफुले उनिसंग चलचित्रमा काम गर्न नचाहेको कुरा बताएकी छिन्।

हेमा मालिनी :-

बलिउडकि ड्रिम गर्ल मानिने हेमा मालिनी पनि यस लिस्टमा सामबेश छिन। शाहरुख खानलाई ठुलो पर्दामा स्थापित गर्नमा हेमालाई नै श्रेय जान्छ। शाहरुख अभिनित सुपर हिट चलचित्र ‘दिल आशना’ लाई हेमाले नै निर्माण तथा निर्देशन गरेकी थिइन्। जुन फिल्ममा शाहरुख प्रमुख भूमिकामा रहेका थिए। तर शाहरुख खानको जे कुरामा पनि आफ्नो ह’क ज’माउनु पर्ने बानी हेमालाई पटक्कै मन नपर्ने कारणले गर्दा हेमाले त्यस पश्चात हालसम्म कुनै पनि चलचित्रमा एकसाथ काम गरेकी छैनन्।

सोनम कपूर :-

बलिउडका चर्चित अभिनेता अनिल कपूरकी छोरी सोनम कपुरले पनि आफ्नो १० बर्षे फिल्मी कार्यकालमा शाहरुखका साथमा कुनै पनि चलचित्रमा काम गरेकी छैनन। सलमान खानका साथमा चलचित्र प्रेम रतन धन पायो मा देखिएकी सोनमले शाहरुखका साथमा पर्दामा आफ्नो जोडी नसुहाउने बताएकी छिन।

प्रकाशित मिति २०७८ असोज १७ गते आईतबार ०२:५३
प्रतिक्रिया दिनुहोस