पति पत्नीबीच झैझगडा हुँदा,मन नमिल्दा तथा पतिले राम्रोसँग पालन पोषण नगर्दा पति पत्नीबीच डिभोर्स हुने गरेको त थाहा भएकै कुरा हो। तर यो दुनियामा केही महिला यस्ता पनि हुँदा रहेछन् जसले लोग्नेले बढि माया गर्दा पनि डिभोर्स माग्दा रहेछन्। पत्यारै नलाग्ने यो घटना युएइको हो।
ती महिलाले आफ्नो लोग्नेसँग डिभोर्स माग्दा यस्तो कारण उल्लेख गरेकी छिन्। कि त्यो सुन्दैमा अनौठो लाग्दछ। लोग्नेले आफुलाई आवश्यकता भन्दा धेरै माया गरेको उनको आरोप छ।एक वर्षअघि विवाह गरेकी ती महिलाले हालै अदालतमा डिभोर्सका लागि निवेदन दिइन् । लोग्नेले आफुलाई चाहिने भन्दा धेरै प्रेम गरेको र आफुलाई बढि प्रेम मन नपर्ने उनको तर्क छ। अदालतमा भएको बहसका क्रममा उनले इजलासमा भनेकी छिन्, मेरो पति न त म सँग झगडा गर्छन्।
न त मलाई कहिल्यै चिन्तित हुन दिन्छन्। लोग्नेले आफुलाई अत्यन्तै धेरै माया गर्दा म वाक्क भएँ र प्रेमकै कारण मेरो जिवन नर्क बन्यो। त्यसैले मैले डिभोर्स गर्ने निर्णय गरेकी हुँ। लोग्नेको अत्यधिक प्रेम र स्नेहबाट आफु प्रताडित भएको उनको भनाई छ। बिहे भएको एक वर्षमा एकपटक पनि झगडा हुन नपाएको उनले बताएकी छिन्।
एजेन्सीको सहयोगमा यो पनि हुन त मानव जिबन एक अर्कामा निर्भर रहेको हुन्छ ।
महिला र पुरुष एकै रथका दुई पाङ्गा्र भनेर पनि भन्ने गरिन्छ । तर बेला बेलामा बिभिन्न प्रश्नहरु पनि जन्मिएका हुन्छन जस्को कुनै सही उत्तर नै भेटिदैन । जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त ?
दाम्पत्य जीवन विताउनै पर्छ रु यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ ।
प्रकाशित मिति २०७८ असोज १७ गते आईतबार ०२:५५