कट्रिनाकी ‘डुप्लिकेट’ भेट्टिएपछि सामाजिक सञ्जालमा सलमानलाई यसरी जिस्काइयो

कट्रिनाकी ‘डुप्लिकेट’ भेट्टिएपछि सामाजिक सञ्जालमा सलमानलाई यसरी जिस्काइयो

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १७ गते आईतबार ०१:२०

कट्रिना कैफ बलिउडमा लामो संघर्षबाट स्थापित भएकी चर्चित अभिनेत्री हुन्। उनी अभिनयबाहेक आफ्नो रुपका कारण पनि चर्चित छिन्। भारतीय सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा हाल अभिनेत्री कट्रिनाजस्तै देखिने मोडलको चर्चा भइरहेको छ। कट्रिनाका...

कट्रिना कैफ बलिउडमा लामो संघर्षबाट स्थापित भएकी चर्चित अभिनेत्री हुन्। उनी अभिनयबाहेक आफ्नो रुपका कारण पनि चर्चित छिन्। भारतीय सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा हाल अभिनेत्री कट्रिनाजस्तै देखिने मोडलको चर्चा भइरहेको छ। कट्रिनाका प्रशंसकहरुले उनीजस्तै देखिने ‘डुप्लिकेट’ कट्रिना भेट्टाएका छन्।

अलिना राव नाम गरेकी भारतीय मोडललाई सबैले कट्रिनाको ‘कार्बन कपी’ नाम दिएका छन्। कट्रिनाका प्रशंसकहरुले इन्स्टाग्राममार्फत् ‘डुप्लिकेट’ कट्रिना फेला पारेका हुन्। उनका फोटो र भिडियोहरु हेर्दा उनी कट्रिनाको जुम्ल्याहाभन्दा कम देखिन्नन्।


अलिनाले आफ्नो इन्स्टाग्रामको बायोमा आफूलाई अभिनेत्री भनेर चिनाएकी छिन्। उनका दुई लाख दश हजारभन्दा बढी फलोअर्स् छन्। अलिनाको चर्चा बढेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुद्वारा उनको फोटो र भिडियोमा कमेन्टको वर्षा भएको छ। कति त उनी कट्रिना नै हुन् भनेर झुक्किएका छन्।

एक जनाले अभिनेता सलमान खानलाई मेन्सन गरेर लेखेका थिए, ‘भगवानले तपाईंलाई दोस्रो मौका दिइरहेका छन्।’ अलिनाले गत वर्ष र्यापर बादशाहको म्युजिक भिडियो ‘कमाल है’मा अभिनय गरेकी थिइन्। इटिटाइम्ससँगको कुराकानीमा उनले धेरैले उनलाई कट्रिनाको कार्बन कपी भनिएको विषयबारे पनि बोलेकी थिइन्।

‘अहिले म सबैको आकर्षणमा परेको छु। यो क्षेत्रमा एकअर्कालाई अनुहार होस् वा जुनसुकै कुरामा पनि तुलना गरिन्छ,’ अलिनाले भनेकी थिइन्, ‘कट्रिना प्रतिभाशाली अभिनेत्री हुन्। म सधैं उनको प्रशंसा गर्छु। उनी आज जहाँ छिन्, त्यसको लागि उनले धेरै मेहनत गरेकी छिन् र म पनि बलिउडमा आफ्नै पहिचान बनाउन चाहन्छु। म कट्रिनाको नामले नभई अलिना नामबाटै परिचित हुन चाहन्छु।’

प्रकाशित मिति २०७८ असोज १७ गते आईतबार ०१:२०
प्रतिक्रिया दिनुहोस