याे हाे संसारकै सबैभन्दा डरलाग्दो ६ वर्षको बिरालो

याे हाे संसारकै सबैभन्दा डरलाग्दो ६ वर्षको बिरालो

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १५ गते शुक्रबार ०२:५४

काठमाडौँ, सोसल मिडियामा आजकाल जनावरसम्बन्धी विभिन्न भिडियो छाइरहन्छन्, कुनै निकै मायालु हुन्छन् त कुनै दयालु । कति निकै क्युट हुन्छन् भने कुनै त डरलाग्दो पनि । यहाँ हामी एउटा यस्तो बिरालोबारे कुरा गर्दैछौं जुन झट्ट हेर्दा डरलाग्दो...

काठमाडौँ, सोसल मिडियामा आजकाल जनावरसम्बन्धी विभिन्न भिडियो छाइरहन्छन्, कुनै निकै मायालु हुन्छन् त कुनै दयालु । कति निकै क्युट हुन्छन् भने कुनै त डरलाग्दो पनि । यहाँ हामी एउटा यस्तो बिरालोबारे कुरा गर्दैछौं जुन झट्ट हेर्दा डरलाग्दो छ ।

यो बिरालो स्विटजरल्याण्डको रुटी सहरमा बस्छ । जेरदान नामको यो बिरालोको इन्स्टाग्राम प्रोफाइल पनि छ जसमा २२ हजार बढी फलोअर्स छन् । उक्त बिरालोको हरेक फोटोमा हज्जारौं लाइकस् पनि आउँछन् । जेरदानको ६ वर्षको बिरालो हो ।

लगभग सबैजसो बिरालोको शरीरमा नरम रौं हुन्छन् जसका कारण यी सुन्दर देखिन्छन् तर यो बिरालोको शरीरमा रौं नभएका कारण यो ड’रलाग्दो देखिएको हो । बिरालोकी मालिक स्यान्ड्रा फिलिप्पी आफ्नो बिरालोलाई धेरै माया गर्छिन् । उनी आफ्नो बिरालो असाध्यै राम्रो भएको बताउँछिन् ।

जेरदानको छाला चाउरी परेका छन् । बिरालोको केही फोटोमा मानिसहरुको केही कमेन्ट देखेर स्यान्ड्रा निकै रि’साएकी पनि छिन् । कतिले यो बिरालोको तुलना एलियनसँग गरेका छन् । कतिले पनि उक्त बिरालोलाई सुन्दर बताउँदै दोस्ती गर्न चाहेको पनि बताएका छन् ।

प्रकाशित मिति २०७८ असोज १५ गते शुक्रबार ०२:५४
प्रतिक्रिया दिनुहोस