पति र प्रेमीबीच यु’द्ध गराउने महिला

पति र प्रेमीबीच यु’द्ध गराउने महिला

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १४ गते बिहिबार ०३:१३

मध्ययुगीन कालमा खास गरी युरोपमा कुनै ठूलो वि'वादको टुंगो लगाउनुपर्‍यो भने दुई व्यक्तिबीच मल्लयु'द्ध हुन्थ्यो। तरबारले वि'वादको छिनाफानो गथ्र्यो। कुनै सुन्दर महिलामाथि दुई जना प्रेमीको दिल बस्यो भने कसले प्रेमिका प्राप्त गर्ने,...

मध्ययुगीन कालमा खास गरी युरोपमा कुनै ठूलो वि’वादको टुंगो लगाउनुपर्‍यो भने दुई व्यक्तिबीच मल्लयु’द्ध हुन्थ्यो। तरबारले वि’वादको छिनाफानो गथ्र्यो। कुनै सुन्दर महिलामाथि दुई जना प्रेमीको दिल बस्यो भने कसले प्रेमिका प्राप्त गर्ने, त्यसको टुंगो घा’तक मल्लयु’द्धमार्फत गरिन्थ्यो। एक जनाको मृत्यु नहुञ्जेलसम्म भीडन्त चल्थ्यो। जो बाँच्यो वा जसले जित्यो, प्रेमिका उसकै हुन्थ्यो।

यस्तै मध्ययुगीन मल्लयु’द्धको झल्को दिने घटना गएको जुन १७ मा इंग्ल्यान्डमा भएको थियो। हालसालै त्यहाँको अदालतमा यो घटनाको मु’द्दामा बहस हुँदै छ। मु’द्दा विचाराधीन छ।

अंग्रेजी पत्रिका ‘द टेलिग्राफ’का अनुसार लन्डनकी आस्टा जुस्काउस्किनले पूर्वपति र प्रेमीबीच आफ्नो प्रेम कसले प्राप्त गर्ने भन्ने विवाद सल्टाउन मल्लयुद्ध आयोजना गरेकी थिइन्। स्ट्राटफोर्डको गल्लीमा भएको भी’डन्तमा उनका प्रेमीले पूर्वपतिको च’क्कु हा’नेर ह’त्या गरेका थिए।

३५ वर्षीया आस्टाले २५ वर्षीय मान्टास भेदारासलाई अनलाइनमा भेटेकी थिइन्। भेदारास लिथुआनियाको जेलमा कै’दी थिए। जेलबाट छुटेपछि उनी लन्डन आए। आस्टा र उनीबीच प्रेम सम्बन्ध सुरु भयो। त्यसपछि एक बच्चाकी आमा आस्टाले श्रीमान् गिड्र्युससँग सम्बन्ध–वि’च्छेद मागिन्। उनीहरूको छोडपत्र भयो।

प्रेमी मान्टास र पति गिड्र्युस दुवै आस्टालाई प्रेम गर्थे। सम्बन्ध वि’च्छेदपछि पनि गिड्र्युस बच्चा र आस्टालाई प्रेम गर्थे र आस्टालाई ‘सम्बन्ध वि’च्छेद भए पनि तिमी मेरी हौ’ भनेर दाबी गरिरहन्थे। उता आस्टाको मनमा भने प्रेमी मान्टास थिए।

आस्टाले प्रेमी र पूर्वपतिबीच प्रेमको छिनाफानो गर्न मल्लयु’द्ध तय गरेको अधिवक्ता ह्युज डेभिसले बताए। ‘अदालतमा यो के’स विचाराधीन छ,’ डेभिसले भने, ‘आस्टाले गत जुनमा मध्ययुगीन मल्लयु’द्ध सम्झाउने भी’डन्त आयोजना गरेकी थिइन्। जसमा उनका प्रेमी मान्टासले उनका पूर्वपति गिड्र्युसलाई ल’डाइँका क्रममा च’क्कु हा’नेर ग’म्भीर घाइते बनाए। पूर्वपति गल्लीमा र’क्ताम्य भेटिएका थिए। उनका घाँटी, छाती र काँधमा कम्तीमा ३५ वटा घाउ थिए। अस्तपालमा उनको मृ’त्यु भयो।’

पूर्वपतिको ह’त्यापछि आस्टाले प्रेमी मान्टासलाई कतै लुकाएकी थिइन्। उनले प्रेमीलाई मोबाइलबाट पठाएका सन्देश मेटाएकी थिइन् र प्रहरीसँग झुटो बोलेकी थिइन्। अधिवक्ता डेभिसले सबै प्रमाण आस्टाविरुद्ध भएको बताए। ‘उनले भी’डन्तको आयोजना गरेकी थिइन्,’ उनले भने, ‘उनलाई कानुनले छोड्नेछैन।’

आस्टाका पूर्वपतिको आफूले ह’त्या गरेको मान्टासले स्विकारेका छन्। तर, आस्टा भने आफूले दुई व्यक्तिबीच भी’डन्त नगराएको बताइरहेकी छिन्। मु’द्दा अदालतमा विचाराधीन छ।

प्रकाशित मिति २०७८ असोज १४ गते बिहिबार ०३:१३
प्रतिक्रिया दिनुहोस