एजेन्सी । भारतीय मिडियामा अहिले कलाकारहरु विज्ञापनमा कसरी प्रस्तुत हुन्छन् त्यो कुराको पनि चर्चा हुने गरेको छ । निकै कमशल विज्ञापनमा ठूलो कलाकारहरु देखिए ट्रोल हुने गरेका छन् । पछिल्ला केही हप्तामा थुप्रै बलिउड सेलिब्रिटी ट्रोल्स...
एजेन्सी । भारतीय मिडियामा अहिले कलाकारहरु विज्ञापनमा कसरी प्रस्तुत हुन्छन् त्यो कुराको पनि चर्चा हुने गरेको छ । निकै कमशल विज्ञापनमा ठूलो कलाकारहरु देखिए ट्रोल हुने गरेका छन् । पछिल्ला केही हप्तामा थुप्रै बलिउड सेलिब्रिटी ट्रोल्स बनेका छन् । सुरुमा ऋतिक रोशन र कट्रिना कैफ विवादित बने । उनहरुले जोमेटो विज्ञापनमा सहभागी भएका थिए । त्यसपछि आलिया भट्टलाई ट्रोल बनाए ।
उनी कन्यादान सम्बन्धी विचार दिने विज्ञापनमा सहभागी भएकी थिइन् । अब विक्की कौशल र रश्मिका मंदाना हालै सार्वजनिक भएको विज्ञापनका लागि चर्चामा आएका छन् । उनीहरु अण्डरवियरको विज्ञापनमा देखिएका छन् ।
विज्ञापनमा रश्मिका मंदाना एक योग प्रशिक्षकको भूमिकामा देखिएकी छिन् । उनी विक्की कौशलको अण्डरवियर देखेर आफुले के काम गरिरहेकी छु भन्ने विर्सन्छिन् । विज्ञापनको पहिलो भागमा रश्मिका विक्कीको अण्डरवियरको फित्ता देखेर यसरी हराउँछिन् कि उनले गन्न नै बिर्सिन्छिन् । विज्ञापनको दोस्रो भागमा दराजको माथिल्लो भागबाट विक्की केही उठाउने कोसिस गर्छन् । त्यतिबेला टिसर्ट माथि सर्छ र नायिकाको नजर विक्कीको अण्डरवियरको फित्तामा पुनः पर्छ ।
रश्मिका र विक्कीको यो विज्ञापनबारे एक प्रयोगकर्ताले लेखे, ‘आमूल माचोको एउटा विज्ञापन निकै खराब थियो । यो एक तरिकाले निकै सस्तो विज्ञापन हो । ’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘यदि यहाँ जेन्डरलाई फेरिएको हो भने महिलावादीले नायकलाई प्रतिबन्ध गरिदिन्थे । उनलाई केही भन्न बाँकी राख्दैनथे । पुरुषमाथि विरोधको अभियान चलाइनेछ । पैसाका लागि जे पनि गर्ने ?’
कामको कुरा गर्ने हो भने रश्मिका मंदाना चाँडै नै बलिउड डेब्यू गर्दैछिन् । उनी सिद्धार्थ मल्होत्रासँग फिल्म ‘मिशन मजनू’ सँगै देखिनेछिन् । यसबाहेक अमिताभ बच्चनसँग पनि उनी एक फिल्ममा अनुबन्ध छिन् । फिल्मको नाम हो ‘गुडबाई’ । बलिउडका काम गर्नका लागि रश्मिका मुम्बई सरिसकेकी छिन् । यस्तै, विक्की कौशलको फिल्म ‘सरदार उद्धम सिंह’ को ट्रेलर रिलिज भइसकेको छ । १६ अक्टोबरमा यो फिल्म अमेजन प्राइममा रिलिज हुनेछ ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807