कन्नड अभिनेत्री सौजन्याले गरिन् आ’त्मह’त्या, अपार्टमेन्टमा भेटियो सु’साइड नोट

कन्नड अभिनेत्री सौजन्याले गरिन् आ’त्मह’त्या, अपार्टमेन्टमा भेटियो सु’साइड नोट

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १४ गते बिहिबार १२:४१

केही कन्नड फिल्ममा अभिनय गरेकी सौजन्याले झु'ण्डिएर आ'त्मह'त्या गरेकी छिन् । बिहिबार बिहान बेंगलुरुको अपार्टमेन्टमा उनी मृत पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्रहरीले उनको श'वसँग सु'साइड नोट भेटेको छ । उक्त सु'साइड...

केही कन्नड फिल्ममा अभिनय गरेकी सौजन्याले झु’ण्डिएर आ’त्मह’त्या गरेकी छिन् । बिहिबार बिहान बेंगलुरुको अपार्टमेन्टमा उनी मृत पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्रहरीले उनको श’वसँग सु’साइड नोट भेटेको छ ।

उक्त सु’साइड नोटमा उनले आफ्नो मृ’त्युका लागि कसैलाई पनि जिम्मेवार नदेखाउन लेखेकी छिन् । उनले आफ्ना आमाबुवालाई माफी दिनसमेत भनेकी छिन् । यसका साथै उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएतापनि जीवनमा उनले जे जति भोगिन् त्यसले उनलाई मानसिक रुपमा त’नाव भने दिएको बताइन् । अन्त्यमा उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छिन् ।

सौजन्या कोडगु जिल्लाको कुशलनगरमा बस्थिन् र उनले केही सिरियल र कन्नड फिल्ममा काम गरेकी थिइन् ।

प्रकाशित मिति २०७८ असोज १४ गते बिहिबार १२:४१
प्रतिक्रिया दिनुहोस