मिथुन चक्रवर्तीले ‘फोहोरको थुप्रो’ बाट ल्याएर पालेका थिए छोरी दिशानीलाई (फाेटाे फिचर)

मिथुन चक्रवर्तीले ‘फोहोरको थुप्रो’ बाट ल्याएर पालेका थिए छोरी दिशानीलाई (फाेटाे फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १४ गते बिहिबार ०३:२५

मिथुन चक्रवर्ती कुशल नृत्य र अभिनयबाट बलिउडमा प्रवेश गरेदेखि आमदर्शकको मन जित्न सफल अभिनेता हुन्। फिल्म क्षेत्रका 'हिरो' मिथुन वास्तविक जीवनका 'सुपरहिरो' हुन्। उनका तीन छोरा छन्- महाअक्षय, नमाशी, उष्मे, र छोरी दिशानी चक्रवर्ती। मिथुनका...

मिथुन चक्रवर्ती कुशल नृत्य र अभिनयबाट बलिउडमा प्रवेश गरेदेखि आमदर्शकको मन जित्न सफल अभिनेता हुन्। फिल्म क्षेत्रका ‘हिरो’ मिथुन वास्तविक जीवनका ‘सुपरहिरो’ हुन्। उनका तीन छोरा छन्- महाअक्षय, नमाशी, उष्मे, र छोरी दिशानी चक्रवर्ती।

मिथुनका जेठा छोराबारे धेरैलाई थाहा छ। उनी आफैं अभिनेता र अनुपमा फिल्मकी ‘अभिनेत्री’ मदालाषा शर्माका श्रीमान् हुन्। तर मिथुनले एडप्ट गरेको छोरी दिशानीबारे धेरै कम जानकारी बाहिर आएको छ।

डिएनएका अनुसार मिथुनले दिशानीलाई गोद लिएका हुन्। सानो उमेरमा उनलाई कसैले फोहोरको थुप्रोमा छोडेको थियो। यसबारे मिथुनले बंगाली पत्रिकाको समाचार पढेर थाहा पाएका थिए।

केही मानिसले फोहोरको थुप्रोबीच बच्चा देखेपछि बाहिर निकाले जसमध्ये एक जनाले त्यो बच्चा घर लिएर गए। जब मिथुनले यो खबर पढे उनले त्यो बच्चा लिएर जाने मानिसलाई खोजेर बच्चा गोद लिने अनुरोध गरे। मिथुन चक्रवर्ती र उनकी दोस्रो पत्नी योगिता बाली दुबैले कानुनी प्रक्रिया पूरा गरेर त्यो बच्चा घर ल्याएको डिएनएले छापेको छ।

मिथुन र दिशानी एकअर्काका प्रिय हुन्। दिशानीले मिथुनलाई आफ्नो प्रेरणाको ठूलो स्रोत मान्छिन् र प्रिय बुबा भनेर सार्वजनिक रुपमा लेख्दै आएकी छन्।

हाल दिशानी अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीबाट एक्टिङ कोर्स गर्दैछिन्। उनले सन् २०१७ मा सर्ट फिल्म ‘होली स्मोक’ बाट डेब्यु गरेकी हुन् जुन उनका दाजु उष्मेले निर्देशन गरेका हुन्। उनी ‘अन्डरपास’ र ‘सब्टल एसियन डेटिङ विथ पिबिएम’ जस्ता सर्ट फिल्ममा पनि देखिएकी छन्।

प्रकाशित मिति २०७८ असोज १४ गते बिहिबार ०३:२५
प्रतिक्रिया दिनुहोस