शरीरबाट रौं हटाएपछि अनिल कपुर : ‘अब मैले पनि अरुले जस्तै तस्बिर पोस्ट गर्नसक्छु’

शरीरबाट रौं हटाएपछि अनिल कपुर : ‘अब मैले पनि अरुले जस्तै तस्बिर पोस्ट गर्नसक्छु’

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १३ गते बुधबार ०८:१९

६३ वर्षीय बलिउड स्टार अनिल कपुर शारीरिक रुपमा फिट छन्। उनी आफ्नो वास्तविक उमेरभन्दा जवान देखिन्छन्। तर उनी जहिल्यै उनको शरीरमा रहेको रौंका कारण आलोचित बनिरहन्थे। उनलाई सामाजिक सन्जालमा ‘बाल कपुर’ भनेर ट्रोल समेत गरिन्थ्यो।...

६३ वर्षीय बलिउड स्टार अनिल कपुर शारीरिक रुपमा फिट छन्। उनी आफ्नो वास्तविक उमेरभन्दा जवान देखिन्छन्। तर उनी जहिल्यै उनको शरीरमा रहेको रौंका कारण आलोचित बनिरहन्थे।

उनलाई सामाजिक सन्जालमा ‘बाल कपुर’ भनेर ट्रोल समेत गरिन्थ्यो। तर यतिबेला भने उनले आफ्नो शरीरमा रहेको अनावश्यक रौंहरु हटाएका छन्। उनले सामाजिक संजालमा आफ्नो सपना पुरा भएको र अब आफूले पनि बाइसेप्स तथा बडी देखाएर निर्धक्क भएर फोटो पोस्ट गर्नसक्ने बताएका छन्।

६३ वर्षको उमेरमा पनि अनिल कपुरले आफ्नो शरीरलाई फिट राख्न सकेको भन्दै उनको प्रशंसा भइरहेको छ। ‘मलाई फेरि प्रेममा डुब्न मन छ’

नायक अनिल कपुर अभिनित चलचित्र ‘मलंग’को ट्रेलर सार्वजनिक गरिएको छ । यो ट्रेलरमा नायक अदित्य रोय कपुर र नायिका दिशा पटानीविच चुम्बनका थुप्रै दृश्य समावेश छन् । चलचित्रमा दिशा र अदित्यको रोमान्टिक दृश्य देखेपछि मुख्य कलाकार अनिल कपुरले पनि आफूलाई प्रेममा डुब्न मन लागेको बताए ।

६३ बर्षका नायकले भने–‘मलाई पनि दिशा र अदित्यको रोमान्स देखेपछि प्रेममा डुब्न मन लागेको छ । म फेरि यूवा अवस्थामा फर्किन चाहन्छु । बाइक चलाएर रमाइलो यात्रामा निस्कन चाहन्छु जसरी दिशा र अदित्य चलचित्रमा रमाइलो गरिरहेका छन् ।’ अदित्य र दिशाको चुम्बनको दृश्य के तपाइले मिस गर्नुभयो भन्ने पत्रकारको प्रश्नमा अनिलले भने–‘पक्कै पनि, म थोरै दुखी महशुश गरिरहेको छु ।’

अदित्य रोय कपुरले चलचित्रमा दिशासँग थुप्रै दृश्यमा चुम्बन गरेका छन् । एक पत्रकारले उनलाई सोधे, के तपाई इमरान हाश्मीको बाटोमा लाग्नुभएको हो ? यसमा अदित्यले भने–‘यदि, मैले इमरानको बाटो समातेको हुँ भने, म यसमा खुशी छु । मलाई हरेक चलचित्रमा चुम्बनका लागि धकेलिएको छ र म यसमा खुशी छु । अब, अर्को चलचित्रमा के गरुँ, सोचिरहेको छु ।’

मोहित सुरीको निर्देशनमा तयार भएको यो चलचित्रमा दिशालाई हट अवतारमा प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति २०७८ असोज १३ गते बुधबार ०८:१९
प्रतिक्रिया दिनुहोस