टिकटकमा पोष्ट गरिएको भिडियोले यी पाँच महिलालाई पुर्यायो जेल (भिडियो सहित)

टिकटकमा पोष्ट गरिएको भिडियोले यी पाँच महिलालाई पुर्यायो जेल (भिडियो सहित)

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १३ गते बुधबार ०४:४६

टिकटकमा पोष्ट गरिएको भिडियोका कारण इजिप्टमा पाँच जना प्रभावशाली महिलाहरुलाई २ वर्षको जेल स'जाय सुनाएको छ । इजिप्टको एक अदालतले सार्वजनिक नैतिकता उल्लंघन गरेको आ'रोपमा २ वर्षको जेल स'जाय सुनाएको हो । अदालतले हनिन होसाम, मोवाडा अल–अद्दामसहित...

टिकटकमा पोष्ट गरिएको भिडियोका कारण इजिप्टमा पाँच जना प्रभावशाली महिलाहरुलाई २ वर्षको जेल स’जाय सुनाएको छ । इजिप्टको एक अदालतले सार्वजनिक नैतिकता उल्लंघन गरेको आ’रोपमा २ वर्षको जेल स’जाय सुनाएको हो । अदालतले हनिन होसाम, मोवाडा अल–अद्दामसहित अन्य तीन जनालाई २ वर्षको जेल सजाय सुनाएको हो ।

यस्तै ती महिलाहरुलाई १८ हजार ७५० डलर जरिवाना पनि सुनाइएको छ । यो निर्णयविरुद्ध अपिल भने गर्न पाइनेछ । कायरो विश्वविद्यालयका वर्षीया होसाममाथि भिडियो एपमार्फत युवतीहरुलाई पुरुषसँग भेट्न र मित्रता गर्न प्रोत्साहित गरेको र यसका लागि उनले रकमसमेत प्राप्त गरेको आ’रोप लगाइएको छ । युवतीहरुलाई आफूसँग काम गरेर पैसा कमाउन सकिने ३ मिनेट लामो भिडियो क्लिप पोष्ट गरेपछि १३ लाख फलोअर्स भएकी होसामलाई गत अप्रिलमा पक्राउ गरिएको थियो ।

त्यस्तै, २० लाख फलोअर्स भएकी अधाममाथि सामाजिक सञ्जलमा आ’पत्तिजनक फोटो र तस्विर गरेको आ’रोप लगाइएको छ । उनको वकिलले सजायबारे पुष्टि गर्दै आफूहरु यसविरुद्ध अपिल गर्ने बताए । गत मे महिनामा अधामले टिकटक र इन्सटाग्राममा व्यंगात्मक भिडियो पोष्ट गरेका थिए ।

भिडियो

प्रकाशित मिति २०७८ असोज १३ गते बुधबार ०४:४६
प्रतिक्रिया दिनुहोस