बाहुबली नायक प्रभासको गहिरो प्रेममा थिईन नायिका काजल, यसकारण टुटेको थियो सम्बन्ध

बाहुबली नायक प्रभासको गहिरो प्रेममा थिईन नायिका काजल, यसकारण टुटेको थियो सम्बन्ध

सञ्चार बाणी

@SancharBani

२०७८ असोज १० गते आईतबार ०४:१७

काठमान्डौ । यदि कुनै काम पूरा तन मन लगाएर गरिन्छ भने उक्त काम पूरा हुन केही कसैले रोक्न नसक्ने बताइन्छ । आफ्नो कामको विषयमा यस्तै सोच राख्छिन् अभिनेत्री काजल अग्रवाल । हुन त उनी एक समय बलिउडमा फ्लप हिरोइनको रुपमा चर्चित थिइन् तर...

काठमान्डौ । यदि कुनै काम पूरा तन मन लगाएर गरिन्छ भने उक्त काम पूरा हुन केही कसैले रोक्न नसक्ने बताइन्छ । आफ्नो कामको विषयमा यस्तै सोच राख्छिन् अभिनेत्री काजल अग्रवाल ।

हुन त उनी एक समय बलिउडमा फ्लप हिरोइनको रुपमा चर्चित थिइन् तर उनले आफ्नो कडा मिहिनेतले साउथ इन्डष्ट्रिमा थुप्रै सुपरहिट फिल्म दिइन् र आज एक सफल अभिनेत्रीको रुपमा आफूलाई स्थापित गर्न सफल भएकी छिन् ।

कुनैबेला बलिउडकी फ्लप हिरोइन, आज साउथकी चर्चित नायिका बन्न सफल भएकी छिन । त्यस्तै अर्का बलिउडमा चर्चा कमाउन सफल अभिनेता हुन् प्रभास चलचित्र ‘ बाहुबली’ चलेपछि उनि एका एक चर्चामा आएका हुन् उनीलाई बाउबलीकै नामले प्रख्यात छन।

केहि बर्ष अघि यी दुई बीच प्रेम रहेको भन्दै धेरै मिडियाले चर्चा बटुलेका थिए , यी दुई द्वारा अभिनित चलचित्रले निकै चर्चा बटुल्न सफल भएको थियो , दर्शकहरुले यिनीहरुको जोडीलाई निकै मन पराएका थिए । उनीहरुको मित्रता २०१० मा फिल्म डार्गलिन सेट बाट शुरु भएको थियो ।

काजल प्रभास संग बिबाह गर्न तयार थिईन तर प्रभासको परिवारले अभिनेत्री संग बिबाह गर्न मन्जुरी नदिएपछि उनीहरुको प्रेम सम्बन्ध टुटेको थियो , प्रभासको गहिरो प्रेममा परेकी काजल बिबाह गर्न तयार भए पनि प्रभास भने अनकानी गर्दै टाढा थिए , अहिले काजलले बिबाह गरिसकेकी छिन ।

प्रभासको नाम अनुष्का स्ट्टीसगँ पनि जोडिएको थियो । प्रभासलाई अहिले धेरै युवतीहरुको रोजाइमा परेका छन् । एक खबरको अनुसार उनलाई ६ हजार भन्दा बढि विवाहको प्रस्ताव आएको बताइएको छ ।

प्रकाशित मिति २०७८ असोज १० गते आईतबार ०४:१७
प्रतिक्रिया दिनुहोस