महाभारतः भीमले कसरी पाए हजार हात्तीको बल ?

महाभारतः भीमले कसरी पाए हजार हात्तीको बल ?

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ५ गते मङ्गलबार १२:४२

काठमाडौं — महाभारतको यु'द्धमा अनेकौं शक्तिशाली यो'द्धाहरूले भाग लिएका थिए । कौरव र पाण्डवबीचको यो ल'डाईंमा दुवैतर्फका योद्धाले एकअर्कालाई कडा टक्कर दिएका थिए । यहाँ हामी यस्तै एक योद्धा महाबली भीमको चर्चा गर्दैछौं । उनमा हजारवटा...

काठमाडौं — महाभारतको यु’द्धमा अनेकौं शक्तिशाली यो’द्धाहरूले भाग लिएका थिए । कौरव र पाण्डवबीचको यो ल’डाईंमा दुवैतर्फका योद्धाले एकअर्कालाई कडा टक्कर दिएका थिए । यहाँ हामी यस्तै एक योद्धा महाबली भीमको चर्चा गर्दैछौं । उनमा हजारवटा हात्तीको बल थियो र उनले नर्मदा नदीको प्रवाहलाई समेत रोकिदिएका थिए ।

तर भीममा यति धेरै शक्ति आयो कसरी ? अलिकति पृष्ठिभूमिमा जाऔं । यदुवंशी राजा शूरसेनको पृथा नामक कन्या र वसुदेव नामक पुत्र थिए । कन्यालाई शूरसेनले आफ्नी फुपुको सन्तानहीन छोरो कुन्तीभोजलाई दिए । कुन्तीभोजले कन्याको नाम कुन्ती राखे । कुन्तीको विवाह पाण्डुसँग भयो ।

कुन्तीले दुर्वासा ऋषिको सत्कार गरेर उहाँलाई खुशी तुल्याएपछि देवतालाई बोलाउने वरदान पाइन् । मन्त्रलाई जाँच्नका लागि उनले सूर्यदेवलाई आह्वान गरिन् । सूर्यदेव आए र उनलाई छोरा कर्ण प्राप्ति हुने वरदान दिए । अविवाहित कुन्तीले लोकलाजको भयले कर्णलाई खोलामा बगाइदिइन् ।

पाण्डुले कुन्तीबाहेक माद्रीलाई पनि बिहे गरे । पछि उनलाई ऋषिको श्रा’प लागेर सहवास गर्दा मृ’त्यु हुने अवस्था आइलाग्यो । यतिखेर कुन्तीको वरदान काम लाग्यो । कुन्तीले धर्मराजलाई आह्वान गरेर युधिष्ठिर जन्माइन् । त्यसैगरी वायुदेवको अंशबाट भीम, इन्द्रको अंशबाट अर्जुन र अश्विनीकुमारको अंशबाट माद्रीको गर्भमा नकुल र सहदेव उत्पन्न भए ।

कौरव र पाण्डवहरूमा मतभेद थियो । एक योजनाअन्तर्गत दुर्योधनले धोकापूर्ण तरिकाले भीमलाई वि’ष पिलाएर गंगा नदीमा फ्याँकेका थिए । मू’र्च्छित अवस्थामा भीम बग्दै बग्दै नागलोक पुगे । त्यहाँ विषालु नागहरूले भीमलाई खुबै डसे । नागले डस्दा भीमको शरीरमा भएको विषको असर घट्दै गयो ।

विषको असर घट्दै गएपछि भीम बौरिए अनि नागहरूलाई धमाधम मार्न थाले । यो खबर नागराज वासुकिकहाँ पुग्यो र उनी स्वयं भीमकहाँ आइपुगे । वासुकिको साथी आर्यकले भीमलाई चिने । आर्यक भीमका प्रपितामह थिए । भीमले आफूलाई धोका दिएर वि’ष खुवाइएको र गंगामा बगाइएको कथा सुनाए ।

त्यसपछि आर्यकले भीमलाई हजार हात्तीको बल दिने कुण्डहरूको पानी पिलाए । यसले गर्दा भीम अझै शक्तिशाली भए । दुर्योधनको लाख प्रयासका बाबजुद पाण्डवहरू र विशेषगरी भीमलाई केही भएन । पछि महाभारतको यु’द्ध अन्त्य हुने बेलामा भीमले दुर्योधनको व’ध गरे ।

प्रकाशित मिति २०७८ असोज ५ गते मङ्गलबार १२:४२
प्रतिक्रिया दिनुहोस
  • आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल

    आज २०८२ साल जेठ १० गते शनिबारको राशिफल
    २०८२ जेठ ११ गते शनिवार १२:३९

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख २५ गते बिहीबारको राशिफल
    २०८२ बैशाख २५ गते बिहिबार ०१:०७

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल

    आज २०८२ साल वैशाख १८ गते बिहीबारको राशिफल
    २०८२ बैशाख १८ गते बिहिबार ०१:५४

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

    आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल
    २०८२ बैशाख १४ गते आईतबार १२:३७