कोरोना भाइरस फैलिएको भनेर समाचार लेखेको आ’रोपमा चीनमा एक पत्रकारलाई ४ वर्ष जेल !

कोरोना भाइरस फैलिएको भनेर समाचार लेखेको आ’रोपमा चीनमा एक पत्रकारलाई ४ वर्ष जेल !

सञ्चार बाणी

@SancharBani

२०७७ पुस १३ गते सोमबार ०४:०६

‘फैसलापछि झाङ निरास र स्तब्ध देखिन्थिन्,’ उनका वकिल रेन क्युएनिउले भने, ‘उनलाई सांघाई पुदोङ न्यु डिस्ट्रिक पिपुल्स कोर्टले सोमबार बिहान ४ वर्ष जेल सजाय सुनाएको हो।’

चीनको उहानमा कोरोना भाइरस फैलिएको भनेर समाचार लेखेको आ’रोपमा त्यहाँकी एक पत्रकारलाई चार वर्षको जे’ल स’जाय सुनाइएको छ।

‘समुदायमा त्रा’स फैलाएको र कोरोनाबारे बढाइचढाइ गरेको’ अभियोगमा गत मेमै प’क्राउ गरिएकी ३७ वर्षीया झाङ जानलाई सोमबार जे’ल सजाय सुनाइएको हो।

उहानमा कोरोना संक्रमण फैलिएको बारे उनले गत फ्रेबुअरीमा गरेको लाइभ प्रसारण सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि उनलाई स्थानीय निकायले नियन्त्रणमा लिएको थियो।

यसअघि पनि स्थानीय प्रशासनले भाइरसबारे हल्ला गरेको र सरकारविरोधी गतिविधि गरेको आ’रोपमा कैयौं व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ।

‘फैसलापछि झाङ निरास र स्तब्ध देखिन्थिन्,’ उनका वकिल रेन क्युएनिउले भने, ‘उनलाई सांघाई पुदोङ न्यु डिस्ट्रिक पिपुल्स कोर्टले सोमबार बिहान ४ वर्ष जेल स’जाय सुनाएको हो।’

अदालतमै रहेकी उनकी आम डाँको छाडेर रोएको पनि उनले बताए।

चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको अनुमतिबिना अथवा उसको विपक्षमा समाचार सम्प्रेषण गर्न चुनौतीपूर्ण छ।

हिरासतमा रहेकी पत्रकार झाङले गत जुन महिनादेखि नै भोक हड्ताल गरेकी थिइन्। तर प्रशासनले उनको स्वास्थ्य बिग्रन थालेपछि पाइपमार्फत जर्बजस्ती खाना खुवाएको थियो।

‘गत साता मैले उनलाई भेट्दा कडा सजाय भयो भने फेरि भोक हड्ताल सुरु गर्छु भनेकी थिइन्,’ उनका वकिल रेनले भने।

प्रकाशित मिति २०७७ पुस १३ गते सोमबार ०४:०६
प्रतिक्रिया दिनुहोस