पोखरामा पर्खालले च्यापिएर युवकको मृत्यु

पोखरामा पर्खालले च्यापिएर युवकको मृत्यु

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ४ गते सोमबार १२:२९

पोखरामा विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर एक युवकको मृत्यु भएको छ । सोमबार पोखराको बाझापाटनमा रहेको बालकल्याण माध्यमिक विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर भारत वेतियाका २० वर्षीय रितेश रामको मृत्यु भएको हो...

पोखरामा विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर एक युवकको मृत्यु भएको छ ।

सोमबार पोखराको बाझापाटनमा रहेको बालकल्याण माध्यमिक विद्यालयको पर्खाल भत्काउने क्रममा च्यापिएर भारत वेतियाका २० वर्षीय रितेश रामको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका रितेशको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।

उनी हाल पोखरा मियापाटन बस्दै आएका थिए । घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केसीले बताए ।

प्रकाशित मिति २०७८ असोज ४ गते सोमबार १२:२९
प्रतिक्रिया दिनुहोस