मध्यराति चिहानमा महिला कंकालसंग नाच्दै…

मध्यराति चिहानमा महिला कंकालसंग नाच्दै…

सञ्चार बाणी

@SancharBani

२०७८ असोज ४ गते सोमबार ०५:५३

लन्डन,(एजेन्सी) ।  वेलायतमा एकजना धार्मिक परिचारिका ( नन ) को पहिरनमा रहेकी एक महिलाले एउटा चि’हान परिसरमा मानव अस्थि’पन्जरसंग नाच्दै गरेको दृश्य देखेर थुप्रै मानिस अचम्भित भएका छन् । यो घ’टना शनिवार पुरानो हल जनरल चि’हानमा भएको...

लन्डन,(एजेन्सी) ।  वेलायतमा एकजना धार्मिक परिचारिका ( नन ) को पहिरनमा रहेकी एक महिलाले एउटा चि’हान परिसरमा मानव अस्थि’पन्जरसंग नाच्दै गरेको दृश्य देखेर थुप्रै मानिस अचम्भित भएका छन् ।

यो घ’टना शनिवार पुरानो हल जनरल चि’हानमा भएको हो । सो देश्यका एक प्रत्यक्षदर्शीले भनेका छन् , ‘ ति महिला हाइमर्स स्कूल सामुन्नेको स्प्रिंग ब्याँक वेस्ट स्थित चिहानमा कंकालसंग नाचिरहेकी थिइन् ।

सो अनौठो खाले दृश्यले धेरैको ध्यान आकर्षण गरिरहेको थियो । नजिकै वरपरबाट र कारमा गइरहेका मानिसहरु रोकेर उनको नाच हेरिरहेका थिए । ’ एकजना मानिसले रातको करिव १२ बज्न लाग्दाको सो दृश्यको फिल्म खिच्न पनि भ्याएका थिए ।

यो घटना कुनै ख्याल ठट्टा वा कलाकारिताको परियोजनाको अंश हो भन्ने स्पष्ट हुन सकेको छैन । ति रहस्यात्मक महिला सामु एउटा कुकुरको अस्थिपन्जर पनि देखिन्थ्यो ।

यो हल जनरल चिहान झण्डै पचास वर्षदेखि प्रयोगमा ल्याइएको छैन । सन् १९७२ मा अचानक बन्द गरिएपछि यो चिहान उेतिहासिक स्थल बन्न पुगेको थियो । मानिसहरु त्यहाँ सन् १८४९ को हैजाको महामारीमा ज्यान गुमाउनेहरुका चिहान हेर्न जाने गर्दछन् ।

प्रकाशित मिति २०७८ असोज ४ गते सोमबार ०५:५३
प्रतिक्रिया दिनुहोस