३ असोज, काठमाडौं । रोजगार अनुमति प्रणाली ( ईपीएस ) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुई वटा शर्त सहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ ।
कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो ।
कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाबीच यस विषयमा छलफल भएको थियो ।
ईपीएस अन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन नेपाल र कोरियाबीच निरन्तर भइरहेको छलफलपछि रोकिएका नेपाली जाने सम्भावना बढेको समाचार आजको कारोबार दैनिकमा छ । फाइल तस्विर
प्रकाशित मिति २०७८ असोज ३ गते आईतबार ०३:१९