शिक्षकहरुले खाजाको रुपमा खाएको ५ हजारको लोकल भालेको रकम तत्काल असुल उपर गर्न निर्देशन

शिक्षकहरुले खाजाको रुपमा खाएको ५ हजारको लोकल भालेको रकम तत्काल असुल उपर गर्न निर्देशन

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २ गते शनिवार ०६:४४

मन्थली माध्यमिक विद्यालयका शिक्षकहरुले खाजाको रुपमा खाएको ५ हजार रुपैयाँको लोकल भालेको रकम तत्काल असुल उपर गर्न स्थलगत छानविन समितिले निर्देशन दिएको छ । मन्थली माध्यमिक विद्यालयमा भएको अनियमितताको बिषयमा मन्थली नगरपालिका...

मन्थली माध्यमिक विद्यालयका शिक्षकहरुले खाजाको रुपमा खाएको ५ हजार रुपैयाँको लोकल भालेको रकम तत्काल असुल उपर गर्न स्थलगत छानविन समितिले निर्देशन दिएको छ ।

मन्थली माध्यमिक विद्यालयमा भएको अनियमितताको बिषयमा मन्थली नगरपालिका शिक्षा शाखामा परेको उजुरी पछि गठित स्थलगत छानविन समितिले अनुगमनको क्रममा खाजाको नाममा लोकल भालेलाई ५ हजार दिएको बिल फेला पारेको छ ।

मन्थली माध्यमिक विद्यालयको लेखा शाखाका कागजात चेकजाँच गर्ने क्रममा ५ हजार रुपैयाँमा लोकल भाले खाएको बिल राखेर सोही बिल बमोजीम भुक्तानि दिएको फेला पारेपछि उक्त बिल अनुसारको रकम असुल उपर गर्न छानविन समितिले विद्यालयलाई निर्देशन दिएको हो ।

मन्थली माविका शिक्षकहरुले २०७७ साल चैत्र ३१ गते मन्थलीमा रहेको जे एस भोजनालय एण्ड लजमा खाजा खाएको र उक्त होटलले शिक्षकहरुले खाएको खाजा सहितको रकम पाउँ भनी होटल संञ्चालकले बिल नं ७७० मा लोकल भाले ५ हजार उल्लेख गरि बिल पेश गरेका थिए ।

सोही बिल बमोजीम मन्थली माविले होटल संचालकलाई रकम भुक्तानी गरेको थियो ।मन्थली माविमा भएको अनियमितताको बिषयमा छानविन गर्न मन्थली मावि पुगेको स्थलगत छानविन समितिले विद्यालयको खातापाता हेर्ने क्रममा ५ हजारको लोकल भालेको बिल फेला परेपछि उक्त बिल हेरेर समितिका सदस्यहरु गलललल् हाँसेका थिए ।

कागजात हेर्ने क्रममा ५ हजारको लोकल भाले भन्ने बिल फेला परेपछि उक्त बिल हेरेर हामीलाई उठेको हाँसो रोक्न सकेनौंँ एक सदस्यले बताए ।स्थलगत छानविन समितिले मन्थली नगरपालिकामा बुझाएको प्रतिवेदन सार्वजनिक भएपछि अहिले रामेछापमा ५ हजारको लोकल भालेको चर्चा बजारमा चलेको छ ।

अहिलेसम्म ५ हजारको लोकल भाले नदेखेका र नखाएका नागरिकहरु मन्थली माविका शिक्षकले खाएको ५ हजारको लोकल भाले कहाँ पाइन्छ भन्दै खोजीमा जुटेका छन् ।

प्रकाशित मिति २०७८ असोज २ गते शनिवार ०६:४४
प्रतिक्रिया दिनुहोस