आज ‘कमेडी च्याम्पियन’को फाइनल, कसले जित्ला कार ?

आज ‘कमेडी च्याम्पियन’को फाइनल, कसले जित्ला कार ?

सञ्चार बाणी

@SancharBani

२०७८ असोज २ गते शनिवार ०५:३१

काठमाडौं– ‘कमेडी च्याम्पियन’ यस सिजनको नयाँ विजेता घोषणा गर्दैछ। आज भोटिङका आधारमा दोस्रो सिजनको उपाधि विजेताको घोषणा गर्न लागिएको हो। यस सिजनको अन्तिम प्रतिष्पर्धामा ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र सिक्किमका...

काठमाडौं– ‘कमेडी च्याम्पियन’ यस सिजनको नयाँ विजेता घोषणा गर्दैछ। आज भोटिङका आधारमा दोस्रो सिजनको उपाधि विजेताको घोषणा गर्न लागिएको हो।

यस सिजनको अन्तिम प्रतिष्पर्धामा ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र सिक्किमका विक्की अग्रवाल रहेका छन्। उनीहरुमध्येबाट सबैभन्दा धेरै भोट ल्याउने च्याम्पियन बन्ने छन्।

पौडेल कमेडी च्याम्पियनमा पछिल्लो समय ‘पारस सरकार’ को प्रस्तुतीका कारण हिट भएका छन्। उनले यसअघि गरेको अन्य प्रस्तुती पनि दमदार रहेको छ।

त्यस्तै विक्की अग्रवाल पनि पछिल्लोपटक ‘पेन्टोमाइम’ प्रस्तुतिले चर्चामा छन्। उनको प्रस्तुतीले जजहरु नै विवादमा तानिएका थिए।

त्यस्तै गोरखाका सन्तोष थापा बलिया प्रतियोगी हुन्। उनले उत्कृष्ट ३ मा दिएको प्रस्तुतिको धेरैले तारिफ गरेका थिए।

तीनै जना प्रतिस्पर्धीबीच चर्को प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। आफूलाई मनपरेको र आफ्ना क्षेत्रका प्रतियोगी जिताउन विभिन्न खालका क्याम्पेनिङ गरिएका कारण यस सिजनमा कसले जित हात पार्छ भन्ने भन्न अन्तिम नतिजा कुर्नुपर्ने भएको छ। विजेताले २५ लाख नगद र कार पाउँनेछन्।

प्रकाशित मिति २०७८ असोज २ गते शनिवार ०५:३१
प्रतिक्रिया दिनुहोस