काठमाण्डौं । गायिका नेहा कक्कडले उद्योगमा नाम बनाउन निकै संघर्ष गरेकी छन् । तर लामो समयदेखि उनी ट्रोलरको निसानामा परिरहेकी छन् ।
नेहा र उनका भाइ अक्सर आफ्ना अन्तरंगी गीतका कारण प्रसंशकको निशानामा पर्दछन् । नेहाले ‘आँख मारे’, ‘गर्मी’, ‘दिलको करार आया’ जस्ता कयौं हिट गीत दिएकी छन् ।

तर केही समयदेखि उनका गीत प्रसंशकलाई मन परेको छैन । हालै उनले भाई सोनु र गायक हनी सिंहको साथमा मिलेर ‘कान्टा लगा’ गीत ल्याएकी छन् । गीत फ्यानले रुचाएनन् ।
हालै उनले केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । जसको कारण उनी ट्रोलको निसानामा परिन् । तस्बिरमा उनले शिमरी गुलाबी करसेटका साथ हरियो स्कर्ट लगाएकी छन् ।
जसमा उनले दुक्स ब्लान्ड बनाएकी छन् । नेहा यो फेसन सेन्स कारणले ट्रोलको निशानामा परिरहेकी छन् । नेहाले जुन स्टाइल बनाएकी छन् । त्यो स्टाइल हलिउडमा आफ्नो गीत सार्वजनिक गर्ने बेला प्रायः गायिकाले बनाउने गर्दछन् ।

नेहाले लुक्स कपी गरेको कारण उनी ट्रोलको निशानामा परेकी हुन् ।
प्रकाशित मिति २०७८ असोज २ गते शनिवार ०१:५०