काठमाडौँ । हस्तकला कलाकार भगवान विश्वकर्मा(Lord viswakarma) को पुजा हरेक साल असोज १ गते गरिन्छ। यो विश्वकर्मा पूजा(viswakarma puja) को नामले पनि परिचित छ ।
यस दिन, सबै निर्माण कार्यहरूमा प्रयोग हुने हतियार र उपकरणहरूको पूजा गरिन्छ। उद्योगका देवता भगवान विश्वकर्माको जयन्तीमा आफ्नो विधिका साथ पूजा गर्दा व्यक्तिले विशेष फल पाउँछन्। यो विश्वास गरिन्छ कि विश्वकर्मा पूजाको दिनमा भगवान विश्वकर्मालाई सुजा गरी खुशी पार्न सकेमा, व्यापार व्यवसाय(business) दिन रात चौगुना हुन्छ भन्ने मान्यता राखिन्छ ।
भगवान विश्वकर्माले सम्पूर्ण ब्रह्माण्डको सृष्टि गर्नुभयो र उहाँ ब्रह्माण्डको सृष्टिकर्ता कहलाइनुभयो।
विश्वकर्माको पूजा गर्ने विधि
विश्वकर्मा पूजाको दिन भगवान विश्वकर्माको मूर्तिलाई राखेर पूजा गरिन्छ। यद्यपि धेरै मानिसहरूले आफ्ना मेसिनका पार्टपुर्जालाई भगवान विश्वकर्मा मान्दछन् र उनको पूजा गर्छन्। विश्वकर्मा पुजाको दिन धेरै ठाउँमा यज्ञको पनि आयोजना गरिएको हुन्छ।
पुजामा बस्नु भन्दा अगाडि नुहाउनु र भगवान विष्णुको ध्यान गनुहोस् ध्यान गरेपछि कुनै चौकामा भगवान विश्वकर्माको मूर्ति वा फोटो राख्नुहोस्। त्यसपछि तपाईंको दाहिने हातमा फूल लिनुहोस्, अक्षतको साथ मन्त्र पढ्नुहोस् र अक्षतलाई चारैतिर छर्कनुहोस् र फूललाई पानीमा छोड्नुहोस् ।
यस पछि, आफ्नो हातमा एक रक्षासूत्र, रक्षाबन्धन वा जनै बाँध्नुहोस्। त्यसपछि भगवान विश्वकर्माको ध्यान गरिसकेपछि उहाँलाई विधिवत पूजा गर्नुहोस्। पूजा गरीसकेपछि पानी, अक्षता, फूल, र मिठाइको साथमा विभिन्न उपकरण र यन्त्रहरूको पूजा गर्नुहोस् र त्यसपछि विधिवत हवन गर्नुहोस्।
विश्वकर्मा पुजा गर्दा भुलेर पनि नगर्नुहोस् यी गल्ती
उपकरण र यन्त्रको प्रयोग नगर्नुहोस्
यो विश्वास छ कि मानिसहरूले यस दिन आफ्नो कारखाना बन्द राख्नु पर्छ। यसको साथसाथै यहाँउपस्थित मेशीन, उपकरण र यन्त्रको पूजा गर्दा घरमा सुख शान्ति आउँछ। यस दिन मानिसहरूले कुनै पनि प्रकारको मेशिन र यन्त्रहरु प्रयोग गर्नु हुँदैन।
माछामासु र रक्सी नखानुहोस्
यदि तपाईं जीन्दगीभर आफ्नो व्यवसाय र रोजगारी बढाउन चाहानुहुन्छ भने यस दिन गरिब र दरिद्र मानिसहरूलाई दान दिनुहोस्
दैनिक मेसिन तथा पार्टपुर्जाहरुमा प्रयोग गरिने चीजहरूको सम्मान गर्नुहोस
भगवान विश्वकर्मालाई देवताहरूको शिल्पकार मानिन्छ। यस दिन कुनै पनि प्रकारको उपकरण प्रयोग नगर्नुहोस्। घरमा भएका उपकरण किन नहोस् यस दिन यस्ता सबै प्रकारको यन्त्र उपकरणलाई बेवास्ता गर्नुहोस्। र यस दिनमा यन्त्र उपकरणका कुनै पनि सामागी्रलाई यता उता नफ्याक्नुहोस् । साथै, यस दिन कसैलाई पनि तपाइँको उपकरण उधारो नदिनुहोस्।
घरमा यस प्रकारको पूजा गर्नुहोस्
यस दिन, अफिस तथा कारखानामा भएका सबै उपकरणहरुलाई पुजा गर्नुको साथै घरमा भएका सम्पूर्ण सामागूीलाई पनि पूजा गर्नुहोस् । चाहे इलेक्ट्रिक उपकरण हो वा बाहिर पार्क गरिएको गाडी, विश्वकर्मा पूजाको दिनमा सबैलाई सफा गर्नुहोस्।
यदि आवश्यक छ भने, तेल लगाउने र ग्रीसिंग पनि गर्नुहोस्। यस दिन तिनीहरूको देखभाल मेसिनको रूपमा नगर्नुहोस्, यस्तो गरी पुजा गर्नुहोस् कि तपाईं भगवान विश्वकर्माको पूजा गर्दै हुनुहुन्छ।
भगवान विश्वकर्माको पूजा गर्ने मन्त्र
ॐ आधार शक्तिपे नामस् र ॐ शक्तपे नमस् अथवा ॐ कूमयि नमस्, ॐ अनन्तम नमस्, ॐ पृथिव्यै नमस्
प्रकाशित मिति २०७८ असोज १ गते शुक्रबार ०१:०४