यसकारण सलमानसँग ऐश्वर्याले विबाह हुन सकेन

यसकारण सलमानसँग ऐश्वर्याले विबाह हुन सकेन

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ ३१ गते बिहिबार ०५:१७

एजेन्सी । ९० को दशकमा जोडीको कुरा गर्ने हो भने त्यतिबेला बलिउडमा सबैभन्दा चर्चित जोडीको रुपमा सलमान र एश्वर्याको नाम आउँदछ । त्यो दशकमा यी दुईको प्रेमी प्रेमीकाले प्रेम सम्बन्धले निकै नै चर्चा पाएको थियो । यो जोडीको प्रेमले चर्चा...

एजेन्सी । ९० को दशकमा जोडीको कुरा गर्ने हो भने त्यतिबेला बलिउडमा सबैभन्दा चर्चित जोडीको रुपमा सलमान र एश्वर्याको नाम आउँदछ । त्यो दशकमा यी दुईको प्रेमी प्रेमीकाले प्रेम सम्बन्धले निकै नै चर्चा पाएको थियो । यो जोडीको प्रेमले चर्चा पाएतापनि यसले पनि कुनै गन्तव्य पाउन भने सकेन ।

यी दुबैको सम्बन्ध जति चर्चित थियो त्योभन्दा पनि कही धेरै विवादित पनि रह्यो । ब्रेकअपपछि ऐश्वर्या रायले एक अन्तर्वार्तामा सलमानले धेरैजसो उनीमाथि कुटपिट गर्ने गरेको खुलासा गरिन् । उनका अनुसार सलमानको फोनमा पनि व्यवहार अचम्मको हुन्थ्यो । केहीसँग चक्कर चलिरहेको छ भनेर सलमानले आफूमाथि थुप्रै पटक हात उठाएको पनि ऐश्वर्याले बताएकी थिइन् ।

ऐश्वर्याको आरोपलाई झुटो बताउँदै सलमानले भनेका थिए, ‘मैले उनीमाथि कहिले पनि कुनै प्रकारको कुटपिट गरेको छैन । ’ यद्यपि, उनले आफू एकपटक आधा रातमा ऐश्वर्याको घर बाहिर हंगामा गरेको भने स्विकार गरे । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार सलमान एक समय ऐश्वर्याको प्रेममा पागल थिए । उनी कुनै पनि हालतमा ऐश्वर्यासँग विवाह गर्न चाहन्थे, उनले यसबारे ऐश्वर्यालाई पनि सोधेका थिए । तर ऐश्वर्या आफ्नो करियरको उत्कर्षमा पुगिरहेका बेला घरजम गर्ने मनसायमा थिइनन् ।

खबरका अनुसार सन् २००१ नोभेम्बरको एक रात सलमान ऐश्वर्याको अपार्टमेन्टमा पुगे र मध्यरातमा बेस्सरी उनको घरको ढोका ठोक्न थाले । ऐश्वर्याको अपार्टमेन्ट १७ औं तल्लामा थियो । सलमानले ऐश्वर्यालाई आफ्नो कुरामा जसरी पनि राजी गराउन चाहन्थे जब ऐश्वर्याले उनको कुरा मान्न अस्विकार गरिन् तब सलमानले आफू त्यही तल्लाबाट हाम फालिदिने धम्की दिए ।

खबरका अनुसार सलमानले बिहान ३ बजेसम्म ऐश्वर्याको घरको ढोका ठटाइरहे र उनको हातबाट रगत बग्न थालेको थियो । यस्तोमा ऐश्वर्यासँग ढोका खोल्नुबाहेक अन्य विकल्प थिएन । पछि सलमानले एक अन्तर्वार्तामा आफूले ऐश्वर्यालाई गुमाउने हो कि भन्ने डरले उनी यति उग्र हुने गरेको बताएका थिए ।

सन् २००२ फेब्रुअरीमा सलमानले एक अन्तर्वार्तामा भनेका थिए, ‘मेरो ऐश्वर्यासँग सम्बन्ध छ । यदि तपाईं कुनै सम्बन्धमा हुँदा झगडा गर्नु हुँदैन भने यसको अर्थ तपाईंहरु एक–अर्कालाई प्रेम गर्नुहुन्नँ । म नचिन्ने व्यक्तिसँग किन झगडा गरुँला रु यस्ता कुरा हामीबीच यसकारण हुन्छ किनभने हामी एक–अर्कालाई प्रेम गर्छौं । अब त प्रहरीले यसै पनि मलाई त्यो भवनमा जानबाट रोक लगाएको छ र ऐश्वर्याका पिताले पनि मविरुद्ध उनकी छोरीमाथि अभद्र व्यवहार गरेको भन्दै ऊजुरी दिएका छन् ।’

यद्यपि, सलमानले आफूलाई आफ्नो गल्ती महसुस भइसकेको र ऐश्वर्याका पितासँग कुनै पनि समस्या नभएको बताएका थिए । एक अन्तर्वार्तामा ऐश्वर्याले भनेकी थिइन्, ‘म सलमानको रक्सी पिउने बानी र त्यसपछिको दुर्व्यवहारबाट वाक्क भइसकेकी थिएँ । उनले मलाई जथाभावी गाली गर्थे । शारीरिक र मानसिक तनाव दिन्थे ।

ऐश्वर्याले भनेकी थिइन्, ‘थुप्रै पटक उनले मेरो मान सम्मान र गरिमामा ठेस् पुर्याउने किसिमका कुरा पनि गर्दथे । कुनै पनि स्वाभिमानी महिलाले यस्तो कुरा सहन सक्दिनन् । यसै कारण थियो कि मैले सलमान खानसँगको सम्बन्ध समाप्त गरेँ ।

प्रकाशित मिति २०७८ भदौ ३१ गते बिहिबार ०५:१७
प्रतिक्रिया दिनुहोस