बाँझोपन महिलाहरूका लागि गम्भीर समस्या बन्दै गइरहेको छ । प्रजनन क्षमतामा कमी आउँदा गर्भाधान गर्न समस्या हुने गर्छ । महिलामा विभिन्न कारणले गर्दा बाँझोपनको समस्या आउँछ । ओभ्युलेसन डिसअर्डर, फ्यालोपियन ट्युबमा क्ष’ति हुने, एन्डोमेट्रियोसिस, युटेरस वा सर्भिक्ससँग जोडिएका विभिन्न समस्याका कारण बाँझोपनको समस्या आउँछ ।
विशेषज्ञले समयमा नै यसको उपचार गर्नुपर्ने सल्लाह दिन्छन् । बाँझोपन हुनुअघि के कस्ता सङ्केत देखिन्छन् ?
एन्डोमेट्रियोसिस
केही महिलाहरूलाई म’हिनावारीको समयमा तल्लो पेट वा कम्मर दुख्ने समस्या कम हुन्छ । सामान्य दुखाई मात्रै हुने गर्छ । तर, केही महिलाहरूमा भने महिनावारीको समयमा अत्यधिक पी’डा हुने गर्छ । यस्ता महिलाहरूको म’हिनावारी अवधि पनि लामो हुन्छ । एन्डोमेट्रियोसिसमा पा’ठेघरको भित्र पाइने एउटा तन्तु बढेर पा’ठेघरबाट बाहिर आउँछ । उक्त तन्तु अ’ण्डाशय, फ्यालोपियन तन्तु र ग’र्भाशयको बाहिर भागमा र अर्को भागमा पनि फैलिन सक्छ । यो समस्यामा अत्यधिक दुखाई हुने गर्छ । साथै, महिनावारी अनियमित हुने, दिसा गर्न समस्या हुने, यौ;नस;म्पर्क राख्दा पी’डा हुने, कम्मर दुख्ने, थकान हुने, वाकवाक लाग्ने, कहिलेकाहीँ रगत देखापर्ने, तल्लो पेट दुखिराख्ने आदि समस्या भइरहेमा बाँझोपन हुने खतरा बढ्छ ।
महि;नावारी चक्रमा गडबडी
महिनावारी नियमित चक्र हो । तर, महिनावारी चक्रमा गडबडी हुनु बाँझोपनको कारण हुन सक्छ । अनियमित महिनावारीका कारण ओभ्युलेशन नियमित बन्न पाउँदैन । पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम, मोटोपन, कम तौल, थाइराइड जस्ता समस्याले पनि बाँझोपन निम्त्याउँछ ।
हर्मोनमा समस्या
हर्मोनमा हुने उतारचढावले पनि शरीरमा विभिन्न प्रकारका समस्याहरू आउँछन् । मुसा आउने, हातखुट्टा चिसो हुने, से;क्स ड्राइभमा कमी हुने, यौ;न इच्छामा कमी आउने, निप्पल डिस्चार्ज हुने, अनुहारको रौं बढ्ने, कपालको रौं पातलो हुने आदि लक्षणले पनि बाँझोपनको सङ्केत गर्छ ।
यौ’नसम्पर्कका क्रममा पी’डा
डिस्पेर्युनिया अर्थात् से’क्सका क्रममा पी’डा हुनु महिलाहरूको प्रज;नन क्षमता प्रभावित हुनु हो । इन्फेक्सन एन्डोमेट्रियोसिस र फाइब्रोएड जस्ता समस्याले यौ’नसम्पर्कका क्रममा पी’डा महसुस हुने भएकाले समयमा नै डाक्टरको सल्लाह लिन आवश्यक छ ।
महिनावारीको समयमा देखिने रगत
म;हिनावारीको समयमा देखिने रगत सामान्यतया: चमकदार रातो हुन्छ । र अर्को दिनबाट गहिरो रातो हुँदै जान्छ । यदि महिनावारीको सुरुवातमा सामान्य देखि हल्का रातो वा धेरै नै गाढा छ भने बाँझोपनको सङ्केत हुनसक्छ ।
मोटोपन
मोटोपनाले महिलाको ग;र्भाधान क्षमतामा ह्रास ल्याउँछ । यस्तै, मोटोपनले गर्भवती भएको समयमा पनि समस्या पैदा गर्छ । समयभन्दा पहिलो मेनोपोज, क्यान्सर, क्यान्सरको उपचार, ओभरिज वा फ्यालोपियन ट्युबमा हुने क्ष;ति, एन्डोमेट्रियोसिस आदि समस्याका कारण बाँझोपन हुन सक्छ । हिस्टेरोसाल्पिंगोग्राफी, एन्डोमेट्रियल बायोप्सी, ल्यापेस्कोपी, हर्मोन चेकअप जस्ता जाँच तथा परीक्षणबाट बाँझोपनको कारण पत्ता लगाउन सकिन्छ । यो समस्या समयमा नै पत्ता लगाएर उपचार गर्न डाक्टरले सल्लाह दिन्छन् ।
प्रकाशित मिति २०७८ भदौ ३१ गते बिहिबार ०४:१७