टेलिभिजन स्टार किम कर्दाशियां स्टाइल र बो’ल्डनेसका कारण चर्चामा आइरहन्छिन् । उमेरले ४० टेकेकी किम पछिल्लो समय शिरदेखि पाउसम्म लेदरको कपडा लगाएर चर्चामा आएकी छन् । उनले फेशन डिजाइन कम्पनी ब्ल्यनसियागाको लेदर आउटफिट लगाएकी हुन् ।

उनले टाउकोदेखि गोडासम्म नै लेदरबाट बनेका आउटफिट लगाएकी छन् । उनले स्ट्रेच कोट, पन्जा, लामो बुट र अनुहार छोप्ने कालो लेदरको नै मास्क लगाएकी छन् । उनले यो पहिरनमा फोटोशु’ट पनि गराएकी छन् । उनले उक्त तस्बिरहरु सामाजिक सञ्जालमा पनि सेयर गरेकी छन् । उनी मेट गालाबाट न्युयोर्क पुगेकी छन् ।

किमले अघिल्लो पटक पनि यस्तै पहिरन लगाएकी थिइन् । उनी पूर्व पति कान्ये वेस्टको कार्यक्रमका लागि एटलान्टा गएकी थिइन् ।

अलग–अलग पहिरनका कारण वि’वादमा फ’सिरहने किम हरेक वर्ष मेट गालामा अलग पहिरनका साथ देखिन्छिन् ।


प्रकाशित मिति २०७८ भदौ ३० गते बुधबार ०९:४९