बलिउडका यी ५ लभ स्टोरी थाहा पाएपछि फ्यान लाई भयो पत्याउन मुस्किल (फोटो फिचर)

बलिउडका यी ५ लभ स्टोरी थाहा पाएपछि फ्यान लाई भयो पत्याउन मुस्किल (फोटो फिचर)

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ २९ गते मङ्गलबार ०३:०८

एजेन्सी । बलिउडमा विभिन्न स्टार हरुको प्रेम, विवाह र जीवनका बारेमा धेरै चर्चा हुने गरेको छ । धेरै स्टार हरुको आफ्नो आफ्नै कथा छ । बलिउडमा सम्बन्ध हरु प्राय गोप्य राखिन्छ । यसको पछाडि धेरै कारणहरु हुन सक्छन्, तर धेरै स्टारहरुले आफ्नो...

एजेन्सी । बलिउडमा विभिन्न स्टार हरुको प्रेम, विवाह र जीवनका बारेमा धेरै चर्चा हुने गरेको छ । धेरै स्टार हरुको आफ्नो आफ्नै कथा छ । बलिउडमा सम्बन्ध हरु प्राय गोप्य राखिन्छ । यसको पछाडि धेरै कारणहरु हुन सक्छन्, तर धेरै स्टारहरुले आफ्नो प्रेम सम्बन्ध लुकाउन सफल हुन्छन् त कोही हुँदैनन् । राज कपूरको बेलादेखि अर्जुन कपूरसम्म, बलिउडमा यस्ता धेरै प्रेम सम्बन्धहरु रहेका छन्,

जसको बारेमा जब मानिसहरुले थाहा पाए सबै छक्क परेका थिए ।आज हामी ती बलिउडका प्रेमकथाको बारेमा चर्चा गर्ने छौं जुन थाहा पाएर फ्यानहरु चकित भएका थिए ।

मलाइका अरोरा-अर्जुन कपूर

तर जब अरबाज र मलाइकाको सम्बन्ध वि’च्छेद भयो, यसपछि बिस्तारै मलाइका र अर्जुनसँगै देखा पर्न थालिन् र उनीहरुले आफ्नो सम्बन्ध स्वीकार गरे । अहिले दुवै जना निकै खुशी देखिएका छन् ।

रानी मुखर्जी र आदित्य चोपडा

अभिनेत्री रानी मुखर्जीको नाम उनको करियरको दौरान धेरै कलाकारहरुसँग जोडिएको थियो । तर वास्तवमा कसैलाई थाहा थिएन कि उनी निर्माता-निर्देशक आदित्य चोपडासँग बिहे गर्छन् भनेर । विवाहभन्दा पहिले उनीहरु दुबैले यो सम्बन्धलाई कहिल्यै स्वीकार वा अस्वीकार गरेनन्।

आदित्यले आफ्नो बाल्यकालकी साथी पायल खन्नासँग बिहे गरेका थिए, तर जब उनी रानीसँग प्रेममा परे, उनले पुरानो सम्बन्ध अन्त्य गर्नु नै राम्रो ठाने। रानी मुखर्जी र आदित्य चोपडाको सम्बन्ध तब मात्र पुष्टि भयो जब उनीहरु दुवैले बिहे गरे।

राज कपूर-नरगिस

धेरै मानिसहरुलाई थाहा थिएन कि बलिउडका स्टार राज कपूर नरगिससँग प्रेम सम्बन्धमा थिए। जब राज कपूर नरगिससँग प्रेममा परे, उनी पहिले नै विवाहित थिए । उनको विवाह कृष्ण कपूरसँग भइसकेको थियो। राज कपूर र नरगिस दुवैले एकसाथ १६ फिल्म गरेका थिए ।
अनस्क्रिनको यो माया अफस्क्रिन पनि बढ्न थाल्यो । राज कपूरले आफ्नी पहिलो पत्नीलाई छोड्न अस्वीकार गरे र त्यसपछि नरगिसले सुनिल दत्तलाई भेटिन् । यसरी जोडीबीचको सम्बन्ध समाप्त भएको थियो ।

उदय चोपडा र नरगिस फाखरी

फिल्म रकस्टारबाट बलिउडमा डेब्यू गरेकी नरगिस फाखरी अहिले धेरै बलिउड फिल्ममा देखिएकी छैनन् तर उनी आफ्नो एक बयानपछि चर्चामा छिन्। वास्तवमा, नरगिस पहिलो पटक उदय चोपडासँग उनको सम्बन्धको बारेमा बोलेकी छिन् ।

नर्गिसले स्वीकार गरेकि छिन्की उदय चोपडासँग पाँच वर्ष देखि सम्बन्धमा थिइन् । अब उनीहरुको दुवै बाटो अलग भैसकेको छ, तर यति धेरै वर्षपछि जब उनीहरुको सम्बन्धको कथा बाहिर आयो, फ्यानहरु छक्क परे।

विक्रम भट्ट र सुष्मिता सेन

विक्रम भट्ट निकै चर्चित निर्देशक हुन् जो बलिउडमा आफ्नो फिल्महरुका कारण चर्चामा छन्। उनले थुप्रै फिल्महरु बनाएका छन् । तर जब उनको र सुष्मिता सेनको सम्बन्धको खबर मिडियामा आए, सबै फ्यानहरु छक्क परेका थिए ।

विक्रम आफैले सम्बन्धको स्वीकार गरेपछि सबैले सम्बन्ध बारे कुरा थाहा पाएका थिए । विक्रमले भने पहिल्यै नै वैवाहिक सम्बन्धमा थिए जब उनी आफ्नो पहिलो विवाह सम्बन्धलाई अन्त्य गर्दै थिए । तर पछि उनीहरुको सम्बन्ध लामो समयसम्म टिकेन तर निकै चर्चामा रहेको थियो ।

प्रकाशित मिति २०७८ भदौ २९ गते मङ्गलबार ०३:०८
प्रतिक्रिया दिनुहोस