ह’त्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ ह’त्याका’ण्डका आ’रोपीलाई प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र ह’त्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् ।
‘मृ’तक र आ’रोपी १३ दिनभित्रका काका–भतिजा हुन्’ प्रदेश–१ प्रहरी कार्यालयका एक उच्च अधिकृतले भने– ‘तर, आ’वेगमा लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको ज्या’न लि’एको अनुसन्धानबाट थाहा भएको छ ।’ भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको ह’त्या भएको थियो ।
श’व फरक–फरक चार स्थानमा फेला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अ’नुसन्धान ब्यू’रोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अ’नुसन्धान अधिकृतहरूले ह’त्या अनुसन्धान गरेका थिए ।
ह’त्या गरिएका तेजबहादुरले ‘हे’पेका कारण’ आफुले आ’वेगमा ह’त्या गरेको आ’रोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरका दुईभाई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हि’नतावोध’ थियो । स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हे’प्ने ‘प्रवृत्ति’ थियो । तेजबहादुरको प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन । ‘हे’पाई’ खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको वि’नाश गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।
तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आ’क्रमण गरेर ह’त्या गरेका थिए । तेजबहादुरलाई ह’त्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्या’मरले हि’र्काएर ह’त्या गरे ।
आमा र हजुरआमालाई ह’त्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई ल’खेटेर बारीमा ह’त्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको ह’त्या गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । मृ’तक सवैको टाउकोमा चो’ट लागेको छ ।
प्रकाशित मिति २०७८ भदौ २६ गते शनिवार ०६:१४