कियारा आडवाणी बक्स अफिसमा ब्याक टु ब्याक हिट फिल्म दिने बलिउडकी टप अभिनेत्री मध्येकी एक हुन् । हालै उनको चलचित्र ‘शेरशाह’ रिलिज भएको छ, जसलाई दर्शकले निकै रुचाएका छन् ।
कियारा आफ्नो सुन्दरता र फिटनेसका कारण सधैँ चर्चामा रहन्छिन् । उनको लोकप्रियता र कडा मेहनतका कारण उनी सधैँ चर्चामा रहन्छिन् ।

एक रिर्पोटका अनुसार कियारा सही मात्रामा मेटाबोलिज्मको लागि हरेक दिन बिहान एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउँछिन् । आफ्नो शरीरलाई फीट बनाउन कार्डियो, योगा, किकबक्सिङ र वेट ट्रेनिङ उनले नियमित रुपमा गर्छिन् ।

उनले वर्कआउटपछि स्याउ र पिनट बटर खान्छिन् । उनले प्राय जसो घरकै खाना खान्छिन् । लन्चमा रोटी र हरियो सागपात खान्छिन् भने अंकुरित गेडागुडी पनि उनले खाने गरेकी छन् ।

यस्तै उनले प्राकृतिक प्रोटिन र ओमेगा ३ का लागि राति माछा खान्छिन् भने स्याक्समा नट्स खान रुचाउँछिन् । उनी नियमित जिम जान्छिन् । यदी व्यस्तताका कारण उनी जिम जान सकिनन् भने नाच्ने गर्छिन् ।
प्रकाशित मिति २०७८ भदौ २१ गते सोमबार ०७:०१