जसले चार महिनामा ४ खर्ब ९३ अर्ब दान दिईन

जसले चार महिनामा ४ खर्ब ९३ अर्ब दान दिईन

सञ्चार बाणी

@SancharBani

२०७७ पुस ३ गते शुक्रबार ०७:४१

अमेजनका संस्थापक जेफ बेजोससँग एक महँगो सम्बन्धविच्छेदपछि चर्चित भएकी उनकी पूर्व श्रीमती म्याकेन्जी स्कटले सम्पत्ति दान गर्ने मामिलामा नयाँ रेकर्ड कायम गरेकी छिन् । म्याकेन्जी स्कटले पछिल्लो चार महिनामा ४.२ अर्ब डलर (४ खर्ब ९३...

अमेजनका संस्थापक जेफ बेजोससँग एक महँगो सम्बन्धविच्छेदपछि चर्चित भएकी उनकी पूर्व श्रीमती म्याकेन्जी स्कटले सम्पत्ति दान गर्ने मामिलामा नयाँ रेकर्ड कायम गरेकी छिन् ।

म्याकेन्जी स्कटले पछिल्लो चार महिनामा ४.२ अर्ब डलर (४ खर्ब ९३ अर्ब रुपैयाँ) को सम्पत्ति ३ सय ८४ संगठनलाई दान दिएकी छिन् । अमेरिकामा कोरोना संक्रमणका कारण महिला, अश्वेत, गरिबीको रेखा मुनी भएका मानिसहरुका लागि मुश्किल स्थिती पैदा भइरहेको छ । यी क्षेत्रमा काम गरिरहेका संगठनलाई म्याकेन्जीले दान दिएकी छिन् ।

म्याकेन्जीले सोसल मिडियामार्फन् कोरोनाभाइरसको कहरलाई अमेरिकीका लागि पहाडै खसेसरह बताएकी छिन् । उनले आफ्नो बयानमा पहिलेदेखि नै समस्यामा भएका अमेरिकी विशेषगरी महिला, अश्वेत र गरिबीको रेखा मुनी भएका मानिसहरुको समस्या बढेको जबकी संसारका अर्बपतिहरुको सम्पत्ति पनि लगातार बढिरहेको बताएकी छिन् । उनका अनुसार यस्तो स्थितीमा धनाढ्यले आफ्नो जिम्मेवारी बुझ्नुपर्ने र अब उनीहरुले समाजलाई फिर्ता दिनुपर्ने बेला आएको छ ।

११६ एनजिओसमेत थुप्रै सामाजिक समुहलाई दिए ६ अर्ब डलरः

म्याकेन्जीले अमेरिकामा कोरोना महामारी फैलिएपछि हालसम्म ६ अर्ब डलर मद्दत गरेक छिन् । म्याकेन्जीले कोभिड–१९ फैलिएपछि आर्थिक रुपमा कमजोर समूहको मद्दत गरिरहेका संगठनलाई सहाराको असाध्यै आवश्यक भएको बताएकी छिन् । म्याकेन्जीले जुलाईमा १ सय १६ एनजिओ, विश्वविद्यालय, सामुदायिक विकास समूह र मान्यताप्राप्त कम्पनीलाई १.६८ अर्ब डलर रकम दान दिएकी थिइन् । उनले त्यसपछि कोभिड–१९ का कारण आर्थिक रुपमा विक्षिप्त भएका मानिसहरुको तुरुन्त मद्दतका लागि सल्लाहकारको समूहलाई २०२० मा आफ्नो दानको कामलाई तीब्रता दिन अह्राएकी थिइन् ।

किन भइरहेछ तारिफ ?

हामीले धेरैजसो यो देख्ने गरेका छौं कि यति ठूलो रकम आर्थिक सहयोगका लागि मानिसहरुले आफ्नै संगठनको सहारा लिने गर्छन् । बिल गेट्स, मार्क जुकरबर्ग र अन्य अर्बपतिले पनि आफ्नै संगठन बनाएर सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता काम गर्ने गर्छन् । तर म्याकेन्जीले यसका लागि पहिलेदेखि नै यो क्षेत्रमा काम गर्दै आएका संगठनको सहारा लिइन् । म्याकेन्जीका अनुसार उनको समूहले विशेषगरी खानपिनको समस्या झेलिरहेका, रंगभेदको शिकार भएका र गरिबीको रेखामुनी भएका हरुका लागि काम गरिरहेका बलियो नेतृत्व र नतिजा दिने संगठनको पहिचानका लागि डाटामा आधारित तरिका अपनाए ।

म्याकेन्जीसँग कति छ सम्पत्ति ?

ब्यूमबर्ग बिलियनेर्स इंडेक्सका अनुसार संसारकी १८ औं धनी म्याकेन्जी स्कटको सम्पत्ति यस वर्ष २३.६ अर्ब बढेर ६०.७ अर्ब डलर भएको छ र यसको सबैभन्दा मुख्य कारण अमेजन इंकको भ्यालूमा आएको उछाल हो । यो वर्ष उनको दान ६ अर्ब डलर भएको छ । रकफेलर फिलान्थ्रोपी एड्भाइजर्सकी सिइओ मेलिसा बर्मनका अनुसार कुनै जीवित व्यक्तिको तर्फबाट दिइएको यो सर्वाधिक दानमध्ये एक हो । – एनवाईटाइम्स

प्रकाशित मिति २०७७ पुस ३ गते शुक्रबार ०७:४१
प्रतिक्रिया दिनुहोस