‘पानी पानी..’गित सफल हुनुको कारण यस्तो ज्याकलिनले खुलाइन् यस्तो रहस्य

‘पानी पानी..’गित सफल हुनुको कारण यस्तो ज्याकलिनले खुलाइन् यस्तो रहस्य

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १७ गते बिहिबार ०६:१६

यतिबेला टिकटकमा एउटा हिन्दी गीत अत्यन्त भाइरल छ ।भारतीय गायक बादशाह तथा गायिका आस्था गीलको स्वरको ‘पानी पानी…’ गीत अहिले यूट्युबको नेपाल ट्रेन्डिङमा समेत दोस्रो स्थानमा छ । तीन साताअघि यूट्यबुमार्फत सार्वजनिक भएको ३ मिनेट ११...

यतिबेला टिकटकमा एउटा हिन्दी गीत अत्यन्त भाइरल छ ।भारतीय गायक बादशाह तथा गायिका आस्था गीलको स्वरको ‘पानी पानी…’ गीत अहिले यूट्युबको नेपाल ट्रेन्डिङमा समेत दोस्रो स्थानमा छ ।

तीन साताअघि यूट्यबुमार्फत सार्वजनिक भएको ३ मिनेट ११ सेकेण्ड लामो उक्त गीतले छोटो अवधिमै १७ करोड भन्दा बढी भ्यूज पाइसकेको छ । उक्त गीतलाई भाइरल बनाउने काम टिकटकले नै गरकेो हो भन्दा फरक पर्दैन । टिकटकमा लाखौं प्रयोगकर्ताले उक्त गीतमा टिकटक भिडियो बनाएर अपलोड गरिरहेका छन् ।

नेपालमा समेत सेलिब्रेटीदेखि लिएर सर्वसाधारणले समेत उक्त गीतको टिकटक बनाएर अपलोड गरिरहेका छन् । उक्त गीतको वास्तविक म्युजिक भिडियोमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले आकर्षक अभिनय तथा नृत्य गरेकी छिन् ।

प्रकाशित मिति २०७८ भदौ १७ गते बिहिबार ०६:१६
प्रतिक्रिया दिनुहोस