शाहरुखले लिए बलिउडमा हालसम्मकै धेरै पारिश्रमिक

शाहरुखले लिए बलिउडमा हालसम्मकै धेरै पारिश्रमिक

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १६ गते बुधबार ०१:५६

बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो आगामी चलचित्रका लागि बलिउडको हालसम्मकै धेरै पारिश्रमिक लिएका छन्। मिडिया रिपोर्टअनुसार खानले ‘पठान’ चलचित्रका लागि १०० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्। योसँगै उनी बलिउडमा सबैभन्दा...

बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो आगामी चलचित्रका लागि बलिउडको हालसम्मकै धेरै पारिश्रमिक लिएका छन्। मिडिया रिपोर्टअनुसार खानले ‘पठान’ चलचित्रका लागि १०० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्।

योसँगै उनी बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार बनेकाे बताइएको छ। उनीपछि महँगा मानिएका सलमान खानले एउटा चलचित्रका लागि ६०–७० करोड, आमिर खानले ५०–६० करोड र अक्षय कुमारले ५० करोड पारिश्रमिक लिने गरेका छन्।

हालै मात्र गरिएको एक सर्वेक्षणले शाहरुख खानलाई विश्वमा सबैभन्दा धेरै डिमान्ड भएका कलाकार बताएको थियो। अमेरिकास्थित प्यारोट एनालाइटिक्सले यो वर्षको जुलाई २० देखि अगस्ट १८ सम्म गरेको अध्ययनले उनलाई विश्वमै धेरै डिमान्डका कलाकारका रूपमा देखाएको हो।

प्रकाशित मिति २०७८ भदौ १६ गते बुधबार ०१:५६
प्रतिक्रिया दिनुहोस