नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली फिल्म क्षेत्रको चर्चित नायिका हुन् । उनी केहि समयअघि सदावहार नायक भुवन केसीसँगको विवादले संचारमाध्यममा चर्चा आइरहिन् । भुवनले आफूमाथि दुव्र्यवहार गरेको कुरा सार्वजनिक गरेपछि उनले...
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली फिल्म क्षेत्रको चर्चित नायिका हुन् । उनी केहि समयअघि सदावहार नायक भुवन केसीसँगको विवादले संचारमाध्यममा चर्चा आइरहिन् । भुवनले आफूमाथि दुव्र्यवहार गरेको कुरा सार्वजनिक गरेपछि उनले निकै नै चर्चा पाइन् । उनको उक्त अभिव्यक्ति मुद्धामामिलामा पुगेको थियो । अहिले भने सामाजिक सञ्जालमा साम्राज्ञी निकै नै सक्रिय हुँदै आएकी छिन् । उनले पछिल्लो समय आकर्षक तस्बिरहरु सार्वजनिक गरिरहेकी छिन् । भिडियो तल छ
साम्राज्ञीको यो तस्बिर निकै आकर्षक देखिन्छ । तस्बिर इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक पारिश्रमिक लिने साम्राज्ञी को बाल्यकालदेखिनै कलाकार बन्ने सोच थियो । उनी भन्छिन्, ‘ हिन्दी तथा अंग्रेजी चलचित्र हेरेर त्यसको क्यारिकेचर गरिरहन्थें । ठूलो भएपछि कलाकार बन्छु भन्थें ।’ उनले करियरको सुरुवात भने मोडलिङबाट गरेकि थिइन् । फेस क्लासिक डायमण्डमा सेकेन्ड रनरअप भएपछि उनको मोडलिङ करियर प्रारम्भ भएको हो । ¥याम्प मोडलिङ, मुभी एवं म्युजिक भिडियोमध्ये कुन क्षेत्रमा रमाइलो लाग्यो ? भन्ने प्रश्नमा उनले भनिन्, ‘ सबैभन्दा रमाइलो त मुभीमै लाग्यो । ’ भिडियो समाचारको अन्तिमा छ
उनी आफ्नो बारेमा के भन्छिन् त । प्रश्न र उत्तर यस्तो छ । त्यसो भए साम्राज्ञीलाई नेपाली चलचित्रमा देखिरहन पाइने भयो ? होइन, पहिले ड्रिम्सको परिणाम हेरौं । त्यसपछि मात्र निरन्तरता दिने कि नदिने निर्णय गर्छु । आफू कस्तो स्वभावकी युवती भएजस्तो लाग्छ ? छिट्टै कसैसँग घुलमिल नहुने, बोलिनहाल्ने, छिट्टै रिसाउने स्वभावकी ।
नेपाली चलचित्र कत्तिको हेर्नुहुन्छ ? दर्पण छाया, मेरो एउटा साथी छ, हाउसफूल आदि चलचित्र हेरेकी छु । मनपरेका कलाकार ? प्रियंका कार्की, नम्रता श्रेष्ठ र अनमोल केसी । ड्रिम्सको नायक अनमोल कस्तो लाग्यो ? काममा एकाग्र, नयाँ कुरा सिकौं भन्ने, फ्रेण्डली, सबैलाई सहयोग गर्ने, अभिनयकै लागि जन्मिएजस्तो । फुर्सदमा के गर्नुहुन्छ ? साथीहरू तथा मम्मीसँग घुम्न जान्छु, टिभी तथा मुभी हेर्छु वा बाहिर खान जान्छु । मनपर्ने परिकार ? मलाई जंक फुड निकै मनपर्छ । जापानी सुसी पनि मनपर्छ । कस्तो गेटअपमा हिँड्न मन लाग्छ ? क्याजुअल नै मनपर्छ तर ठाउँअनुसार एलिगेन्ट लुक्स पनि अपनाउँछु । मुडअनुसार पहिरन लगाउँछु ।
यो गण्डकी प्रदेश,कास्किको पोखराबाट ए.एस.श्री मिडिया प्रा.लि. द्वारा सञ्चालित sancharbani.com डिजिटल पत्रिका हो । सहज सूचना प्राप्त गर्ने हामी सबैको नैसर्गिक अधिकार भएकोले यसलाई परिपुर्ति गर्न सत्य,तथ्य र निष्पक्षमा आधारित समाचार प्रेषित गर्ने मुलनाराका साथ तपाईहरुसंग नजिक हुन खोजिरहेका छौं । सबै बिषय/क्षेत्रलाई उत्तिकै सम्मान र महत्व दिदै खबरहरु सम्प्रेषण गरिरहेका छौ ।यसलाई अरु पूर्णता दिने जिम्मा हजुरलाई छोड्दै निरन्तर सुझाव, सल्लाहको अपेक्षा गरेका छौं । धन्यवाद !
हाम्रो टिम
अध्यक्ष/प्रकाशक
सुमन के.सी
सम्पादक
निर्जन मल्ल
न्यूज डेक्स
दर्शन पौडेल
संम्वाददाता
सुनिल के.सी
सुविन के.सी
सल्लाहकार
देशभक्त सिंह कुंवर
तिर्सनालक्ष्मी गुरुङ
सम्पर्क
न्यूरोड,९ पोखरा,कास्की
इमेल: sancharbani@gmail.com
मोवाईल : 9823187364
सूचना विभाग दर्ता नं : दर्ता प्रकियामा छ ।
विज्ञापनको लागि सम्पर्क: 9865088807