पुर्व युवराज पारस र पुर्व युवराज्ञी हिमानी शाहकी जेठी छोरी पुर्णिका शाह र कान्छि छोरी कृतिका शाह आजकाल सामाजिक सञ्जालमा निकैनै सक्रिय छन् । उनीहरु सामाजिक सञ्जालमा बिशेष अवसरमा शुभकामना दिने,ब्यंगात्मक स्टेटसहरु समय समयमा पोष्ट गर्ने गरिरहन्छन् । उनीहरु अरुले जस्तै रमाइरहेको तस्बिरहरु सामाजिक संजालमा सार्वजिन गर्ने गर्छन् ।
आमा हिमानी शाह जस्तै शालिन, भद्र र अनुशासित छोरीहरु सामाजिक संजालमा फोटो सार्वजनिक गर्दा पहिरनमा ख्याल गर्छन् । तर, पुर्णिकाको एक तस्बिरमा भने पहिरनमाथि प्रश्न उठेपछि दिदि पुर्णिकाले बचाऊ गरेकि छिन् । इन्स्टाग्रामको एक तस्बिरमा कृतिको पहिरनमा प्रश्न उठेपछि पुर्णिका बहिनिले जस्तो कपडा लगाएपनि के समस्या भन्दै बचाऊ गरेकि छिन् । कृतिकाको एक तस्बिरमा ‘हजुर जस्तो महान व्यक्तिलाई यस्तो पहिरन सरन गर्न सोभा दिदैन सरकार । आगामी दिनहरुमा यस्तो माथि नहोस् भने विन्ति टक्राउँछौँ । सरकारको जय होस् ।’ भन्दै एकजनाले प्रतिक्रिया जनाएपछि पुर्णिकाले ‘तिमि को हौँ, महिलाको पहिरनमा प्रश्न गर्ने ? महिलाले कुन लुगा लगाउने र नलगाउने भन्ने को हौँ’ भन्दै प्रतिक्रिया दिएकि छिन् ।

पुर्णिकाको उक्त प्रतिक्रियामा सहमति जनाउदैँ धेरैले प्रशंसा समेत गरेका छन् । अक्सर पुर्वराजपरिवारले पहिरनमा ख्याल गर्ने गरेका छन् । तर, विरोधिहरुले भने अनावश्यक प्रश्न गर्ने गरेका छन् । पूर्वयुवराज्ञी हिमानी शाह आफ्नो दुई छोरी पुर्णिका र कृतिकासँग सामाजिक सञ्जाल टिकटकमा रमाइरहेको भिडियो कुनै समय भाइरल भइरहेको थियो । छोरी पुर्णिका र कृतिका शाहको टिकटक एकाउन्ट मा राखिएको भिडियो धेरै भए पछी पूर्व युवराज पारस शाहले पनि सामाजिक संजाल मा लब साइन सहित उक्त टिकटक भिडियो आफ्नो प्रोफाइलमा राखेका छन ।
सम्बन्ध बिग्रियो भन्नेहरूको लागि आफ्नो परिवारलाई उत्ति कै माया गर्छन भन्ने यो एउटा प्रमाण देखाइदिएका छन् । पारसले पत्नी हिमानी र छोरीहरु पुर्णिका र कृतिकाको टिकटक भिडियो शेयर गर्दै लेखेका छन् – ‘फ्यामिली’ र चेम्बर अफ माई ग्रेट’ । सोमवार मात्र एउटा टिकटक भिडियो भाइरल भएको पूर्व युवराज्ञी हिमानी शाहको छोरीहरुसंग रमाइलो गरेको अर्को टिकटक भिडियो पनि सार्वजनिक भएको छ ।
सोमवार अपलोड भएको भिडियो एकैछिनमा भाइरल भएकोथियो । मंगलवार विहानैदेखि फेरी अर्को टिकटकको भिडियो सार्वजनिक भएसंगै भाइरल भएको छ । सोमवार सार्वजनिक भएको सोही भिडियो पूर्वयुवराजले पारसले शेयर गरेका हुन् । हिमानीले छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटकका मा अभिनय गरेकी छन् । छोरी हरु लाई भेट्न थाइल्यान्ड पुगेकी र ल’कडाउनका कारण अहिले उतै अड्किएकी हिमानी छोरीका साथमा रमाइलो गरिरहेकी छन् ।

हिमानी शाहः टिकटकमा आकर्षित हुँदैँ: केही दिनअघि पार्किन्सन्स् रोग लागेका कलाकार मदनकृष्ण श्रेष्ठले नाचेको भिडिओलाई पनि थुप्रैले मन पराएका थिए । नाचेको वा अभिनय गरेको छोटो भिडिओ शेअर गर्न मिल्ने टिकटक नेपालमा पनि निकै चर्चित बन्दै गएको छ । सबै उमेर समूह, सबै क्षेत्र र सबै वर्गका मानिसहरू किन टिकटकप्रति आकर्षण बढ्दो छ ? के उनीहरूले यसलाई अभिव्यक्तिको माध्यम बनाउन थालेका हुन् ?
मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘यसले अभिव्यक्तिका लागि एउटा ’स्पेस’ दिन्छ। बहिर्मुखीमात्रै नभइ अन्तर्मुखी मानिस पनि आफ्नै घर वा कोठाभित्रै बसेर आफूलाई निर्धक्क अभिव्यक्त गर्न सक्छ ।’ ‘अझै दार्शनिक रूपमा भन्ने हो भने मानिसलाई अहिलेको समयमा अस्तित्व स्थापित गर्ने एउटा तरिका टिकटक बनेको छ ।’ विश्व नै एउटा गाउँको अवधारणा भएको समयमा मानिसहरूले आफ्नो अस्तित्व भौतिक उपस्थितिमा भन्दा डिजिटल स्पेसमा खोज्न थालेका कारण यस्तो भएको ढकालले बताए ।
प्रकाशित मिति २०७८ भदौ १५ गते मङ्गलबार ०१:४१