विराटनगर । भोजपुर षडानन्द नगरपालिका -९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको ह’त्या गरेर आ’त्मह’त्या गरेका छन् । शनिबार बिहान साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धा’रिलो ह’तियार खुकुरीले ढाडमा प्र’हार गरी ह’त्या गरेका थिए ।
त्यसलगत्तै आफूले पनि घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा आमालाई खुकुरी प्र’हार गरेको देखेर उनीहरुकै ८ बर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए ।
स्थानीयबासी घटनास्थलमा पुग्दा ईन्द्रकला राईको मृ’त्यु भई सकेको र उनको पतिलाई खोजी गर्दा झु’न्डिएको अवस्थामा श’व फेला परेका थिए ।
घट’नास्थलको ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट प्रहरी टोलीले थप अ’नुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति २०७८ भदौ १२ गते शनिवार ०३:५५