शिल्पा शेट्टीले स्वीकारिन् ‘गल्ती’, पोस्ट सेयर गरेर बताइन् मनको कुरा

शिल्पा शेट्टीले स्वीकारिन् ‘गल्ती’, पोस्ट सेयर गरेर बताइन् मनको कुरा

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ ११ गते शुक्रबार ०७:२२

बलिउड नायिका शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा पो'र्नोग्राफी मामिलामा १ महिनाभन्दा बढी समयदेखि जे'लमा छन् । उनलाई १९ जुलाईमा मुम्बई क्रा'इम ब्रान्चले पो'र्नोग्राफी मामिलामा प'क्राउ गरेको थियो । यो घटनापछि शिल्पा शेट्टीले...

बलिउड नायिका शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा पो’र्नोग्राफी मामिलामा १ महिनाभन्दा बढी समयदेखि जे’लमा छन् । उनलाई १९ जुलाईमा मुम्बई क्रा’इम ब्रान्चले पो’र्नोग्राफी मामिलामा प’क्राउ गरेको थियो । यो घटनापछि शिल्पा शेट्टीले आफ्नो कामबाट मात्रै नभई सोसल मिडिया र प्रशंसकबाट पनि टाढा भएकी थिइन् ।

तर नायिका हालै आफ्नो शो ‘सुपर डान्सर ४’ मा पनि फिर्ता भएकी थिइन् र अब उनी सोसल मिडियामार्फत् प्रशंसकसँग पनि जोडिने प्रयास गरिरहेकी छिन् । शिल्पा शेट्टीले सोल मिडियामा एउटा पोस्ट शेयर गरेकी छिन्, जुन चर्चामा छ ।

शिल्पा शेट्टीले बिहिबार सेयर गरेको एउटा सोसल मिडिया नोटमा आफ्नो गल्ती ‘स्विकार’ गरेकी छिन् । शिल्पाले श्रीमान् राज कुन्द्राको विषयमा चलिरहेको विवादका बीच एउटा किताबको केही अंशमार्फत् प्रशंसकसँग कुरा गर्ने कोसिस गरेकी छिन् । नायिकाले सेयर गरेको किताबको पानामा लेखिएको छ – गल्ती ती बक्यौदाको हिस्सा हो, जसलाई हामी उमेरभरी चुकाइरहन्छौं ।’

शिल्पा शेट्टीले किताबको जुन पाना सेयर गरेकी छिन् त्यसमा लेखिएको छ,

‘हामी कुनै गल्ती नगरिकन जीवनलाई रोमाञ्चक बनाउन सक्दैनौं । हामी आशा गर्छौं कि हामीले कसैलाई पनि चोट पुग्ने गरी गल्ती गर्नुहुन्नँ । गल्तीलाई हामी त्यो चिजको रुपमा हेर्छौं जसलाई हामी बिर्सन चाहन्नौं । वा जुन सबैभन्दा रोचक अनुभवले भरिएको होस् । यसकारण होइन कि हामीले गल्ती गरेका छौं, यसकारण कि हामीले त्यसबाट सिकेका छौं । म पनि गल्ती गर्दैछु । म पनि आफूलाई माफी गरिदिनेछु र मैले त्यसबाट सिक्नेछु ।’

प्रकाशित मिति २०७८ भदौ ११ गते शुक्रबार ०७:२२
प्रतिक्रिया दिनुहोस