५६ वर्षीय अभिनेता प्रकाश राजले गरे फेरि विवाह

५६ वर्षीय अभिनेता प्रकाश राजले गरे फेरि विवाह

सञ्चार बाणी

@SancharBani

२०७८ भदौ १० गते बिहिबार ०४:५८

एजेन्सी । बलिउड कलाकारहरु ब्यक्तिगत जीवनका विषयले चर्र्चामा आउँछन् । अहिले ५६ वर्षीय अभिनेता प्रकाश राज पनि ब्यक्तिगत जिवनको घटनाले चर्चामा आएका छन् । उनले आफ्नै पत्नीसंग दोस्रो विवाह गरेका छन् । उनले सामाजिक सञ्जालमा तस्बिर...

एजेन्सी । बलिउड कलाकारहरु ब्यक्तिगत जीवनका विषयले चर्र्चामा आउँछन् । अहिले ५६ वर्षीय अभिनेता प्रकाश राज पनि ब्यक्तिगत जिवनको घटनाले चर्चामा आएका छन् । उनले आफ्नै पत्नीसंग दोस्रो विवाह गरेका छन् । उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनि गर्दै छोराछोरीको आग्रहमा आफुले पत्नीसंग दोस्रो विवाह गरेको बताएका छन् ।

ले आफ्नी श्रीमती पोनी वर्मासँग दोस्रोपटक विवाह गरेको तस्बिर सार्वजनिक गरेका छन् । अगस्त २४ अर्थात मंगलबार प्रकाशराज र पोनीबीच विवाह भएको ११ बर्ष पूरा गरेको थियो । सो अवसरमा उनीहरुले छोराछोरीको अगाडी फेरि विवाह गरेका हुन् । उनीहरुको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

प्रकाश राजले विवाहको बिषयमा ट्वीट गरेका छन् । ‘आज हाम्रो फेरि विवाह भयो, किनकि हाम्रा छोरा वेदान्त हाम्रो बिहे देख्न चाहन्थे ।’ प्रकाश राजले श्रीमतीलाई चु’म्ब’न ग’रिरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो । यसअघि प्रकाश राजले आफ्नो विवाहको एउटा तस्बिर पोस्ट गरी लेखेका थिए, ‘यो धेरै राम्रो थियो । मेरो प्यारी श्रीमती मेरो लागि यति राम्रो साथी भएकी छन् । एक प्रेमिका र एक अद्भूत सहयात्री भएकोमा धन्यवाद ।’

मंगलबार प्रकाशराज र पोनी बर्माको विवाहको वार्षिकोत्सवमा उनीहरुले त्यसलाई विशेष बनाएका हुन् । विवाहको तस्बिर समेत सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । फ्यानहरूले पनि उनलाई बधाई दिइरहेका छन् । प्रकाश राजले २०१० मा पोनी वर्मासँग विवाह गरेका थिए ।

अभिनेता प्रकाशराज चर्चित कलाकार हुन् । तेलुगु फिल्म मात्र नभएर उनको बलिउडमा पनि राम्रो पहिचान छ । बलिउडका अधिकांश फिल्महरूमा खलनायकको भूमिका निर्वाह गरेका उनको खलनायक अभिनय धेरै मनपराइएको छ ।

प्रकाशित मिति २०७८ भदौ १० गते बिहिबार ०४:५८
प्रतिक्रिया दिनुहोस