निकै कम उमेरमा आफ्नो लुक्सका कारण चर्चामा हासिल गर्ने फ्रेन्च मोडल थायलेन ब्लोन्डेउ एकपटक पुनः चर्चामा आएकी छिन् । उनी हालै आफ्ना प्रेमीसँग रिल्याक्स गरिरहेको देखिएकी थिइन् । थायलेनले सबैभन्दा पहिला चर्चा ६ वर्षको उमेरमा बटुलेकी थिइन् जब उनी संसारकी सबैभन्दा सुन्दर केटीको रुपमा मिडियामा छाएकी थिइन् ।

सन् २००७ मा थायलेनलाई टीसी क्यान्डलरको सय सबैभन्दा सुन्दर अनुहारको सूचीमा समावेश गरिएको थियो । स्मरण रहोस्, यो सूचीमा प्रियंका चोपडा र थुप्रै हलिउड स्टारको पनि प्रवेश भइसकेको छ । जब थायलेनलाई यो सूचीमा समावेश गरियो, त्यसको दुई वर्ष अघि नै उनले आफ्नो मोडलिङ करियर सुरुवात गरिसकेकी थिइन् ।

थायलेनले ४ वर्षको उमेरमा नै मोडलिङ गर्न सुरु गरेकी थिइन् र उनी निकै साना उमेरबाट नै र्याम्पवक गर्न थालेकी थिइन् । उनकी आमा पनि फेसन डिजाइनर थिइन्, यस्तोमा थायलेनले फेसन इन्डष्ट्रिमा एक्सपोजर पाइन् । उनी ६ वर्षको हुँदा एउटा तस्बिर भाइरल भएको थियो, त्यसपछि उनी सबैको नजरमा परिन् ।

त्यसपछि उनी १० वर्षको उमेरमा निकै विवादमा आएकी थिइन् । वास्तवमा उनी वोगको एक फोटोसुटको क्रममा सुनौलो परिहन, हाई हिल्स र मेकअपमा देखिएकी थिइन् । त्यसपछि आलोचकले यो फोटोसुटको सहारामा १० वर्षकी थायलेनलाई सेक्सुएलाइज गराउने कोसिस गरिएको आरोप लगाए ।

यी आरोपमा थायलेनकी आमाले जवाफ दिँलै भनेकी थिइन्, ‘म बुझ्न सक्छु कि केही मानिसहरुका लागि यो चकित पारिदिने किसिमको छ । म आफैं पनि यो फोटोसुटको क्रममा चकित थिएँ । तर वास्तविकता यो हो कि फोटोसुटका बेला मेरी छोरीले जुन नेकलेस लगाएकी थिइन्, त्यसका लागि म अचम्मित थिएँ । उक्त नेकलेसको मूल्य ३ मिलियन पाउन्ड थियो ।’

चाइल्ड मोडलिङमा सफल करियरपछि उनी फेसन इन्डिष्ट्रिमा आफ्नो छुट्टै स्थान हासिल गर्न सफल रहिन् । सन् २०१७ मा उनले मिलान फेसन विकमा युवा मोडलको रुपमा सुरुवात गरिन् । त्यसपछि उनलाई लरियलको ब्रान्ड एम्बेसेडर बनाइएको थियो । अब उनको आफ्नै क्लादिङ ब्रान्ड पनि सुरु भइसकेको छ ।

थायलेन फुटबलका पूर्व खेलाडी पेट्रिक ब्लोन्डेउ र फ्रेन्च मोडल वेरोनिककी छोरी हुन् । थायलेन अब २० वर्ष पुगिसकेकी छिन् र थुप्रै शीर्ष ब्रान्डकी अनुहार हुन् । उनको इन्स्टाग्राममा ४० लाखभन्दा बढी फलोअर्स छन् र उनी आफ्नो क्लोदिङ ब्रान्डलाई सोसल मिडियामा पनि प्रोमोट गर्छिन् ।















थप यो पनि पढ्नुहोस – श्रीमतीलाई खुसी बनाउने २५ महत्वपूर्ण सुत्रहरू ! हरेक पुरूषले थाह पाउनुपर्ने कुरा।

आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? सामाजिक संजालमा चितपरिचित ले खेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरूयी सुत्रहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैन।
(१). काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने । (२).कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने। (३). भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने।
(४).घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने। अफिसको लागी आफ्नो खाजा आफै पोको पार्ने।(५). बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने। रक्सि पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने। घर प्रवेश गर्नु पूर्व चपाउने।
(६). आफू जतिसुकै बिजि भएपनी दिउँसो १०/१५ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।
(७). श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने। खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने।
(८).पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।
(९). हरेक कुराको अधिकार श्रीमती लाई दिने। उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने।
(१०). अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने तर श्रीमतीले रातभर जे बरबराएपनी ध्यान दिएर सुन्ने।
(११). श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने । नत्र महिला हिंसा र बलात्कारको आरोप खेप्नु पर्ला।
(१२). श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने। बजार जादा आउदा श्रीमतीको झोला बोक्ने।
(१३). श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाएर संगै रोएझै गर्ने।
(१४). आफु जा गएपनी मोबाइलको लोकेशन ट्र्याकर On राखेर हीड्ने र कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने।
(१५). सकेसम्म सत्य बोल्दिने। झुठै बोल्नु परे अली सीरीयस भएर, हो की झै पारेर बोल्ने। झुट पकड़े, म जिस्केको भनी ठट्टा गर्ने।
(१६). बेला-बेला घुम्न लैजाने। बजार पुगे लगतै श्रीमती लाई बैंक कार्ड र पर्स दीने अनि मन लागेको किन भनी लुरुलुरु दिन भर पसल चार्दै श्रीमतीको अगी-पछी हिड्ने।
(१७). अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै, खिस्स हास्ने र चुलो चौकामा साथ दिने।
(१८).श्रीमतीका साथीहरूको सम्मान गर्ने र खाजा नास्ताको जोहो गर्ने अनि श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।
(१९). आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने। श्रीमतीका नराम्रा कुरा गर्दैनगर्ने। (२०).श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।
(२१). श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने। सोधिहाले, अप्सरा झै देखीए की छौ भनेर कालो टिका लगाई दिने।
(२२) .श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
(२३). श्रीमती उठ्ने बित्तिकै चिया बनाउने, दूध-चिनी धेरै-थोरै भयो भने, फेरी अर्को कप चिया बनाएर दिने तर कैचि झै थुतुनो नचलाउने।
(२४). बिपनाको कुरा छाडौ, सपनामा पनी परस्त्रीको सपना नदेख्ने। देखीहाले चुपचाप बस्ने श्रीमतीलाई नसुनाउने। (२५). फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्ने। सलाईको काटीले चुलो मात्र होईन घरपनी जलाउन सक्छ।
प्रकाशित मिति २०७८ भदौ ९ गते बुधबार ०३:४५