वर्षाको बेलामा छाला चिलाउँछ ? यस्तो छ घरेलु उपचार !

वर्षाको बेलामा छाला चिलाउँछ ? यस्तो छ घरेलु उपचार !

सञ्चार बाणी

@SancharBani

२०७८ साउन २५ गते सोमबार ०४:५०

वर्षाको बेलामा मानिसहरूलाई छाला र कपालमा अनेकथरी समस्या आइलाग्छ । विशेषगरी बच्चाहरूलाई यस्तो समस्याले सताउने गर्छ । वातावरणमा आर्द्रता बढ्छ अनि गर्मीका कारण शरीरबाट पसिना छुट्छ । त्यसपछि छालामा ब्याक्टेरिया जन्मन्छन् चिलाउन...

वर्षाको बेलामा मानिसहरूलाई छाला र कपालमा अनेकथरी समस्या आइलाग्छ । विशेषगरी बच्चाहरूलाई यस्तो समस्याले सताउने गर्छ ।

वातावरणमा आर्द्रता बढ्छ अनि गर्मीका कारण शरीरबाट पसिना छुट्छ । त्यसपछि छालामा ब्याक्टेरिया जन्मन्छन् चिलाउन थाल्छ । त्यसबाट मुक्ति पाउन बजारमा अनेकथरी पाउडर पाइन्छन् तर तपाईंले घरेलु उपचारबाट यसलाई हटाउन सक्नुहुन्छ ।

कागती र बेकिङ सोडा
नुहाउँदाखेरी एउटा कचौरामा दुई चम्चा बेकिङ सोडा र एक चम्चा कागतीपानीको पेस्ट बनाएर छालामा दल्नुस् । अनि १० मिनेटपछि त्यसलाई पखाल्नुस् । तपाईंको छाला चिलाउन छोड्छ ।

चन्दन
छालाका लागि चन्दन गुणकारी पदार्थ हो । चन्दनको धूलोलाई पानीमा भिजाएर चिलाएको ठाउँमा पेस्ट जसरी लगाउनुस् । चिलाउन छोड्छ ।

निम
निममा एन्टीब्याक्टेरियल गुण हुन्छ । छालाका लागि यो लाभदायक हुन्छ । निमको पातलाई पिँध्नुस् र चिलाएको ठाउँमा लगाउनुस् । आराम हुन्छ ।

नरिवलको तेल
नरिवलको तेलमा पनि एन्टीइन्फ्लेमेसन र एन्टीब्याक्टेरियल गुण भरपूर हुन्छ । छालालाई पोषण दिनका लागि नरिवलको तेलले मजास गर्ने गर्नुस् । चिलाउने समस्यालाई पनि नरिवलको तेलले भगाउँछ ।

प्रकाशित मिति २०७८ साउन २५ गते सोमबार ०४:५०
प्रतिक्रिया दिनुहोस