क्याथरीन ट्रेसा एक बलिउडकी चर्चित अभिनेत्री हुन् । साउथ इन्डियन फिल्म हेर्ने जो-कोहीको मन मुटुमा राज गरेकी छिन् । आफू सुन्दर देखिन जसको पनि इक्षा आकाङ्क्षा हुन्छ । तर अहिले ट्रेसाको सुन्दरता र अभिनयको खुबै चर्चा चल्न थालेको छ । उनले बलिउडमा आफ्नो सुन्दरता र अभिनयले हङ्गामा गरेकी छिन् ।

सन् (२०१०) आएको कन्नड फिल्म ‘शङ्कर आईपीएस’ दुनियाँ विजयसँग डेब्यु गरेकी थिइन् । २०११ मा उनले मलयालम फिल्महरू, ‘द थ्रिलर’ र ‘यूपुकुण्डम ब्रदर्स ब्याक इन एक्शन’मा अभिनय गरेकी थिइन् । सन् (२०१२) ‘गुड, (२०१३) ‘चम्मक चलो’, ‘सर्रेनोडो’, ‘जया जानकी नायक’,(२०१९) ‘कालकलाप्पु २’, ‘अरुवम’लागायत दर्जनौँ फिल्ममा अभिनय गरिसकेकी छन् । उनको नयाँ फिल्म रिलिजको तयारीमा छ कस्तो कमाउँ छ ,हेर्न बाँकी नै छ ।

“उनी सुन्दर छिन् , धेरै रोक्क छिन् र आफ्नो आँखाले धेरै कुरा गर्छिन र त्यस पछि उनलाई ‘स्वर्गकी परी’ भन्दा कुनै फरक पनि पर्दैन । “मैले जे पनि गर्न खोजेको थिए त्यसमा राम्रै हुन्छ”

उनी बेला बेला सामाजिक सञ्जालमा चर्चामा आएकी हुन्छिन् । कहिले सुन्दरताको विषय त, कहिले उनको ड्रेस अप ,कहिले उनको गेट अप यस्तै विविध कारणले सामाजिक सञ्जाल र भारतीय मिडियामा छाएकी हुन्छिन् ।
हेर्नुहोस् फोटो फिचर :















थप यो पनि पढ्नुहोस – श्रीमतीलाई खुसी बनाउने २५ महत्वपूर्ण सुत्रहरू ! हरेक पुरूषले थाह पाउनुपर्ने कुरा।
आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? सामाजिक संजालमा चितपरिचित ले खेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरूयी सुत्रहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैन।
(१). काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने । (२).कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने। (३). भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने।
(४).घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने। अफिसको लागी आफ्नो खाजा आफै पोको पार्ने।(५). बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने। रक्सि पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने। घर प्रवेश गर्नु पूर्व चपाउने।
(६). आफू जतिसुकै बिजि भएपनी दिउँसो १०/१५ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।
(७). श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने। खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने।
(८).पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने।
(९). हरेक कुराको अधिकार श्रीमती लाई दिने। उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने।
(१०). अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने तर श्रीमतीले रातभर जे बरबराएपनी ध्यान दिएर सुन्ने।
(११). श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने । नत्र महिला हिंसा र बलात्कारको आरोप खेप्नु पर्ला।
(१२). श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने। बजार जादा आउदा श्रीमतीको झोला बोक्ने।
(१३). श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाएर संगै रोएझै गर्ने।
(१४). आफु जा गएपनी मोबाइलको लोकेशन ट्र्याकर On राखेर हीड्ने र कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने।
(१५). सकेसम्म सत्य बोल्दिने। झुठै बोल्नु परे अली सीरीयस भएर, हो की झै पारेर बोल्ने। झुट पकड़े, म जिस्केको भनी ठट्टा गर्ने।
(१६). बेला-बेला घुम्न लैजाने। बजार पुगे लगतै श्रीमती लाई बैंक कार्ड र पर्स दीने अनि मन लागेको किन भनी लुरुलुरु दिन भर पसल चार्दै श्रीमतीको अगी-पछी हिड्ने।
(१७). अफीसको कामले दिक्दार भएपनी, घरमा प्रवेश गर्ने बित्तिकै, खिस्स हास्ने र चुलो चौकामा साथ दिने।
(१८).श्रीमतीका साथीहरूको सम्मान गर्ने र खाजा नास्ताको जोहो गर्ने अनि श्रीमतीकै साथी बीच बसेर कुरा सुनीदिने।
(१९). आफ़्ना परिवार र साथीभाई माँझ श्रीमतीको प्रशंसा गर्ने। श्रीमतीका नराम्रा कुरा गर्दैनगर्ने। (२०).श्रीमतीले ल्याईदिएको सामान मन नपरे पनी आहा ठ्याकै मेरो मनले खोजेको पाए भनी तारीफ गर्ने।
(२१). श्रीमती कतै हिड्ने बेलामा श्रीमतीको पहिरनको टिकाटिप्पणी नगर्ने। सोधिहाले, अप्सरा झै देखीए की छौ भनेर कालो टिका लगाई दिने।
(२२) .श्रीमतीले किनेका कपड़ा र जोडेका सामान धेरै भयो भन्दै नभन्ने।
(२३). श्रीमती उठ्ने बित्तिकै चिया बनाउने, दूध-चिनी धेरै-थोरै भयो भने, फेरी अर्को कप चिया बनाएर दिने तर कैचि झै थुतुनो नचलाउने।
(२४). बिपनाको कुरा छाडौ, सपनामा पनी परस्त्रीको सपना नदेख्ने। देखीहाले चुपचाप बस्ने श्रीमतीलाई नसुनाउने। (२५). फेसबुकमा कुनै केटीको फोटोमा लाइक कमेंट्स गर्दा १० पटक श्रीमतीलाई सम्झेर मात्र बटन थिच्ने। सलाईको काटीले चुलो मात्र होईन घरपनी जलाउन सक्छ।
प्रकाशित मिति २०७८ असार २६ गते शनिवार ०१:५९